भुइँचालोको कथा

फुर्सदमा पढौं

२०७२ साल वैशाख १२ गते ठूलो भुइँचालो गयो । त्यसले धेरै जनधनको क्षति भयो । भुइँचालोका हामी धेरैसँग बेग्लाबेग्लै अनुभूति छन् । हरेका आ–आफ्नै कथा छन् । यही विषयमा आधारित भएर पुस्तक लेखिएका छन् । कथा लेखिएका छन् ।

 भुइँचालोको कथा

बाल साहित्यकार नेत्र तामाङले पनि बालबालिकालाई काम लाग्ने कथा लेख्नुभएको छ । ‘बहुलाएको रूख’ नाम दिएर लेखिएको यो चित्रकथामा भुइँचालोको विषयलाई कथाको रूप दिइएको छ । 
कथाका मुख्य पात्र रोशन र पोषण हुन् । उनीहरू घाँस काट्न बन्चरेटार गएका हुन्छन् । पोषण घाँस झार्न कुटमिराको रूखको टुप्पोमा पुगेको हुन्छ । रूख चढ्दा रोशनले तलबाट हल्लाइदिन्छु भन्छ । रूखको फेद रोशनले च्याप्प समातेको हुन्छ । पोषणले रूख हल्लाइदियो भन्ठान्छ रोशन पनि । तर भुइँचालोले हल्लाएको हुन्छ । कुटमिरोको हाँगो लाछियो । रोशन पनि तल खस्यो । 
रोशन पोषण दुवै भागे । भाग्दाभाग्दै रोशनको खुट्टामा ढुंगाले लाग्यो । पहिरो पनि आयो । बन्चरोटार धुलोले कुहिरीमण्डल भयो । उनीहरूका बुबा हिक्मत विदेश बस्थे । बुबाले फोन गरे । आमा हेमकलाई बाबाले फोन गरे । छोराबारे सोधे । तर हेमकलाई छोराबारे थाहा भएन । उनी खोज्न जान्छिन् । रोशन र पोषण भने चौतारामा गीत गाएर बसेका हुन्छन् । आमाले भेट्छिन् । छोरो भेटिएपछि उनी बुबालाई फोन लगाइदिन्छिन् । भुइँचालोको विषय भए पनि कथा रमाइलो छ । कथामा गाउँघरमा बोलिने ठेट भाषा छ । कथालयले बजारमा ल्याएको यो पुस्तकको मूल्य एक सय रुपैयाँ छ ।

 

प्रकाशित : आश्विन ८, २०७४ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?