कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउसीभैलो

कमल कोइराला

काठमाडौं — हरियो गोबरले लिपेको
लक्ष्मीपूजा गरेको
हे औंसी बार
गाई तिहार भैलो ।

 देउसीभैलो

हरियो गोबरले लिपेको

लक्ष्मीपूजा गरेको
हे औंसी बार
गाई तिहार भैलो ।

दीपावलीमा गुन्जिने लोकप्रिय गीत हो यो । गीतले भनेजस्तै तिमीहरू पनि आआफ्नै शैलीमा साथी–समूह बनाएर यस वर्षको तिहारमा देउसीभैलो खेल्न जाने तयारीमा होलाऊ । कतिपयले देउसीभैलो खेल्न कार्यविभाजन गर्दै होलाऊ भने कोही वाद्यवादनका
सामग्री जोड्न व्यस्त होलाऊ । कतिपयले आफ्ना साथी समूह
बनाएर देउसीभैली गीतको ‘रिहर्सल’ पनि गर्दै होलाऊ ।
झिलीमिली दीपावलीको साँझलाई थप रमणीय बनाउँछ । सुरिलो स्वरमा कलिला भाइबहिनीको सामूहिक गीतिगुन्जनले गाउँबस्ती र टोलछिमेकमा रौनकता थप्छ ।
देउसीभैलोमा गाइने गीत पौराणिक कथामा आधारित छ । कथाअनुसार पौराणिक कालमा असुर–कुलका एक प्रतापी राजा थिए । उनको नाम बलि थियो । बलि राजाका रूपमा उनको सर्वत्र प्रसिद्धि थियो । उनी दानवीर थिए । एकपटक भगवान् विष्णुले उनलाई सुतल पठाउने योजना गरे । विष्णुले दान माग्दा बलिले प्रतिज्ञा गरेअनुरूप तीन पाउ भूमि दान दिएका थिए । तीन भागमध्ये एक भागले पृथ्वी ढाक्यो । दोस्रो भागले आकाश भरिपूर्ण भयो । तेस्रो पाउ राख्ने ठाउँ नै पुगेन । विष्णुले तेस्रो पाउ कहाँ राखौं भनेर प्रश्न गर्दा बलिले भने– मेरै शिरमा राख्नुस् ।
यसरी बलिले भगवान् विष्णुको पाउ राख्न आफ्नो शिरै थापे । यसबाट खुसी भएका विष्णुले बलिलाई वरदान माग्न अनुरोध गरे । बलिले भने, ‘यम पञ्चकभरि पृथ्वीमा दीपावली गरियोस् । मानिस देउसीभैलो खेलेर रमाइलो गरून् । मत्र्यलोकका मानिसलाई लक्ष्मीले साथ दिऊन् र उनीहरूको जीवन धनधान्यले परिपूर्ण होस् ।’ अनि विष्णुले उनको माग पूरा गरिदिए । त्यसैले यही कथालाई आधार मानेर देउसीभैलोमा भन्ने गरिन्छ– ‘हामी त्यसै आएनौं, बलि राजाले पठाए...।’
तिहारमा देउसीभैलो गाउँदा ‘जसले दिन्छ मानो उसको सुनको छानो । जसले दिन्छ मुरी उसको सुनको धुरी...’ भनेर आशिषसमेत दिने गरिन्छ । तिहारमा भैलिनीहरूलाई लक्ष्मीको प्रतिरूप मानिन्छ । भैलिनीहरूले दिएको आशिष लाग्छ भन्ने मान्यता पनि छ ।


देउसीभैलो खेलेर जम्मा भएको रकमलाई कतिले राम्रो काममा सदुपयोग गर्छन् । कतिले चाहिँ मोजमस्तीमै मात्र सिद्धयाउँछन् । संकलित रकममध्ये केहीलाई वनभोजजस्ता रमाइला काममा खर्चन सकिन्छ । तर केही रकमलाई कुनै रचनात्मक कार्यमा पनि खर्च गर्ने बानी बसाउन सके झनै राम्रो । यसबाट गाउँघर र टोलछिमेकमा पुस्तकालय, सार्वजनिक भवन आदि बनाउने अनि अपांग, अनाथ र नि:सहाय केन्द्रमा बस्नेलाई दान दिने काम गर्न सकिन्छ ।
यसबाट फजुल खर्च जोगिन्छ र चाडपर्वलाई रचनात्मक तरिकाले मनाउने संस्कार पनि विकास हुन्छ ।

प्रकाशित : आश्विन २९, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?