एकखुट्टे दौड

खेल खेलौं
कान्तिपुर संवाददाता

काठमाडौं — यो खेल खेल्दा एक पटकमा १० देखि १२ जना बालबालिका सहभागी हुन सक्छन् । सहभागी खेलाडीको उमेर ८ देखि १२ वर्षको भए राम्रो मानिन्छ । यो खेलका लागि ५० मिटर लामो मैदान आवश्यक हुन्छ ।

एकखुट्टे दौड

खेल्ने तरिका 
यो खेलमा सहभागी खेलाडीहरूलाई उनीहरूको संख्या हेरी एउटा समूहमा २ जना पर्ने गरी ५ देखि ६ समूहमा विभाजन गर्नुपर्छ । यसरी विभाजित समूहलाई क्रमैसँग निर्धारित दूरीसम्म एउटा खुट्टा उठाएर (चित्रमा देखाएजस्तै) दौडिन लगाउनुपर्छ । यसरी दौडिँदा जुन खेलाडीले सबैभन्दा पहिले निर्धारित दूरी पूरा गर्छ । त्यो खेलाडी अर्को चरणमा प्रवेश गर्छ । सबै समूहबाट अर्को चरणको लागि खेलाडी छनोट भइसकेपछि उनीहरूबीच फाइनल खेल खेलाई विजेता घोषित गर्न सकिन्छ । यसरी दौदिँदा कुनै खेलाडीले आफूले उठाएका एउटा खुट्टा कुनै पनि कारणले भुइँमा टेकेमा उक्त खेलाडी अयोग्य मानिन्छ । 

प्रकाशित : कार्तिक १९, २०७४ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?