कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

फुर्सदमा पढौं

‘माटाको माया’ सचित्र बाल कथा संग्रह हो । यस कथा संग्रहमा सरल तर रमाइला ६ वटा कथा छन् । संग्रहको पहिलो कथा हो– नजन्मिएको छोरो । यस कथामा छोरालाई डाक्टर बनाउने कि वकिल भनेर पतिपत्नी झगडा गर्छन् । झगडाको सुरमा उनीहरूलाई आफ्नो छोरो जन्मिएकै छैन भन्नेसम्मसमेत पत्तो हुँदैन ।

 फुर्सदमा पढौं


अर्को कथा ‘पानीको घर’ शीर्षकमा छ । गाउँमा आगलागी भएपछि गाउँले पानी लिन पोखरीमा आउँछन् । हतारहतार पानी उभाउँदा पोखरीमा भएका माछा भ्यागुता पनि पानीमा पर्छन् र आगो निभाउन हालेको ठाउँमा परेर मर्छन् । छिमेकमा विपत्ति आयो भने आफूले पनि दु:ख पाइन्छ भन्ने यो कथाको सन्देश छ । त्यस्तै, अर्को कथा छ– माटाको माया । माटो भनेको देश हो । यो कथाले देशको माया कसरी गर्ने भन्ने सिकाएको छ । संग्रहमा ‘डोकाको कमाल’ कथा पनि छ । यो कथामा बूढी हजुरआमालाई वृद्धाश्रममा छोड्ने बाआमालाई एउटा नातिले राम्ररी सबक सिकाएको छ । ‘गाई र घोडा’ कथामा चाहिँ बेइमान र मूर्खले कसरी साथीलाई फसाउँछ र आफू पनि फस्छ भन्ने बताइएको छ ।
यतीको देश छ कि छैन ? छ भने कस्तो छ ? यो यो सपना मात्र हो ? यस्तै खुल्दुलीहरू ‘यतीको देश’ शीर्षक कथामा पढ्न पाइन्छ । यो संग्रहका सबै कथा बालसाहित्यकार रामबाबु सुवेदीले लेखेका हुन् भने चित्र केके कर्माचार्यले बनाएका हुन् । पुस्तक एडुकेसनल पब्लिसिङ हाउसले प्रकाशन गरेको हो ।

प्रकाशित : मंसिर १७, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?