कुर्कुच्चा दौड–२

खेल खेलौं

काठमाडौं — यो खेलमा एकपटकमा जति पनि बालबालिका सहभागी हुन सक्छन् । यसरी सहभागी हुने खेलाडीहरूले निर्धारित दूरीमा निश्चित नियमअन्तर्गत एक्लै दौडिनुपर्छ । सहभागी खेलाडीहरूको उमेर १२ देखि १५ वर्षको भए राम्रो मानिन्छ । यो खेलका लागि २० मिटर लामो मैदान आवश्यक हुन्छ ।

कुर्कुच्चा दौड–२


खेल्ने तरिका 
यो खेलमा सहभागी प्रत्येक खेलाडीले आफ्नो कुर्कुच्चाभन्दा माथिको भागलाई पछाडिबाट आफ्नै हातले समातेर (चित्रमा देखाएजस्तै) भ्यागुता जस्तै दौडिनुपर्छ । यसरी दौडिंदा जुन खेलाडीले निर्धारित दूरी सबैभन्दा कम समयमा पूरा गर्छ त्यही खेलाडी विजेता हुन्छ । यसरी दौडिने खेलाडीहरूलाई निरीक्षकले कुर्कुच्चाभन्दा माथिको भागलाई हातले समातेका वा नसमातेको हेर्नुपर्छ । दौडिने क्रममा कुनै खेलाडीले हात छोडेमा त्यो खेलाडी अयोग्य मानिन्छ । 

प्रकाशित : मंसिर १७, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?