कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मनका कुरा

कविता

काठमाडौं — के के हुन्छन् मनमा,
तीता मीठा कुरा ।
कुनै बयान गर्छन्, दु:ख,
कोही अनेक सोच्दै हुन्छ सुख ।

के के हुन्छन् मनमा,

तीता मीठा कुरा ।
कुनै बयान गर्छन्, दु:ख,
कोही अनेक सोच्दै हुन्छ सुख ।
केही हुन्छन्, झगडा गर्ने विचार,
केही हाँसीमिली बस्ने रहर ।
कहिलेकाहीं वर्णन गर्न सक्ने,
केही भने भन्न नमिल्ने गरी दु:ख दिने ।
केही हुन्छन् नकारात्मक,
केही भने सकारात्मक ।
यस्तै हुन्छन् मनका विचार,
खेलिरहन्छ मनमा दिन र रात ।
कहिले हाँस्छ फुरङ्ग हुँदै,
कहिले डर जिरिङ्ग हुँदै ।
रहरहरू मडारिन्छन् मनैभरि,
उत्साह–जाँगर छरी ।
विचारहरू चाङ लागेर बसेका छन्,
जुन छिनछिनमा बरालिरहन्छन् ।
-नेहा पाण्डे, कक्षा : ८
काष्ठमण्डप स्कुल, काठमाडौं

प्रकाशित : पुस २, २०७४ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?