कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

आफ्नै संस्कृतिमा रमाऔँ

काठमाडौँ — हिमालको काखमा नेपाल देश छ विशाल,
पर्वत पाखामा नदीनाला बग्छन् कलकल ।
छङछङ बग्ने झरनाको मीठो मीठो जल, 
जहाँ गए पनि नेपालकै सम्झना झलझल ।

आफ्नै संस्कृतिमा रमाऔँ

छाँगा, छहरा छरछर, छर्दै हरियाली पाखामा,

लोकभाका गुन्जिन्छन् भञ्ज्याङ गाउँपाखामा ।

गुन्यू, चोली लाउनुपर्छ, अरू फेसन छाडौँ,

दौरा, सुरुवाल, कोट लगाऔँ मानवता बाडौँ ।


ताल, कुण्ड हाम्रा निधि संरक्षण गरौँ,

मन्दिर, चैत्य, गुम्बालाई जगेर्ना गरौँ ।

नेपाली राष्ट्रियतालाई सुदृढ गर्दै जाऔँ,

मौलिक भाषा नेपाली संस्कृतिमा रमाऔँ ।


नेपाली गीत गाउँदै नाचौँ छमछमी रमाई,

विदेशी गीत मात्र गाउने होइन नाच नचाई ।

हामी नेपाली नेपाल राम्रो बनाऔँ है सजाई,

परिवर्तनको सुरु आफंै गरौँ यै हाम्रो कमाइ ।

-काशीराम लामिछाने, कक्षा– १०

सहिद स्मृति अंग्रेजी माध्यमिक विद्यालय, अर्घाखाँची

प्रकाशित : पुस ३०, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?