स्वर्ग हो नेपाल

काठमाडौँ — प्रकृतिलाई म देवता मान्छु
सबै चिज प्रकृतिलाई ठान्छु ।
सूर्य, माटो, हावा, पानी आदि, 
नभए रहने थिएन जिन्दगानी ।

स्वर्ग हो नेपाल

सेरोफेरो हरियाली अति सुन्दर,

प्रकृतिमै प्राणीहरू हुन्छन् निर्भर ।

वनपाखा, हिमाल, पहाड, तराई,

एकताको मालामा, हुँदैनांै पराई ।


नेपाल सानो छैन, किन ?

वीरता र प्रकृतिलाई चिन ।

विश्वमा एक स्वर्ग नेपाल,

हेर त, सगरमाथा हिमाल ।


जल, जंगल, जडिबुटी कति,

बुद्धभूमि शान्ति सद्भाव अति ।

बुद्धि र विवेकले काम थाल्दै छ,

विकासको बाटोमा पाइला चाल्दै छ ।

-केशव कुमाल, कक्षा– १०

श्री महेन्द्र विद्याबोध मावि, अर्घाखाँची

प्रकाशित : पुस ३०, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?