कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

चियर आर्क रेस

काठमाडौँ — खेल खेलौं

चियर आर्क रेस

यो खेलमा एकपटकमा ८ देखिमाथि जति जना पनि बालबालिका सहभागी हुन सक्छन् । सहभागी खेलाडीहरूको उमेर ६ देखि १० वर्षको भए राम्रो मानिन्छ । यो खेलका लागि ५० मिटर लामो मैदान र २ वटा हात नभएको कुर्सी आवश्यक हुन्छ । यो खेलमा सहभागी हुने खेलाडीहरूले जोडेर राखेको कुर्सीको तलबाट पसेर

(चित्रमा देखाएजस्तै) निस्कनुपर्ने हुन्छ ।



खेल्ने तरिका

यो खेलमा सहभागी खेलाडीहरूले पालैपालो यो खेलमा सहभागी हुनुपर्छ । कुर्सीभित्र पसेर निस्कँदै दौड पूरा गरेको समयको आधारमा विजेता छनोट गर्न सकिन्छ ।

यो खेलमा सहभागी खेलाडीले खेल खेल्ने क्रममा कुर्सीभित्र पस्दा कुर्सीलाई छुनुहुँदैन न त कुर्सीलाई धक्का नै दिन सकिन्छ । यस्तो अवस्था सिर्जना भयो भने उक्त खेलाडी अयोग्य मानिन्छ ।

प्रकाशित : माघ ७, २०७४ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?