मेरो बाल्यकाल
काठमाडौँ — सहरको कोलाहलमा हरायो मेरो शैशवकाल,
कुनाकाप्चामा मात्र खेल्न पाउँदा भयो बेहाल ।
खुला चौर देखिँदैन यहाँ कतै पनि,
यो बेबारिसे ठाउामा हरौछु कि म सानो नानी ।
डाँडा काँडा हरियो चौरमा खेल्न मन लाग्छ,
तर यहाँ कोठाबाहिर निस्किन डर लाग्छ ।
धेरै पढी ज्ञानी बन्न सहरमा आउनुपर्ने,
खुला भै खेल्न कुद्न नपाउँदा मैले के नै गर्ने ?
मोबाइल र टीभीले कृत्रिम बनाए हाम्रो बाल्यकाल,
साथीभाइ चाहिँदैन कसैलाई कस्तो हो यो चाल ?
कौसीमा बसी टोलाउँछु सोच्दै धेरै कुरा,
स्वतन्त्र भै खेल्ने सपना कहिले होला पूरा ?
ठूला ठूला घरहरू छन् धेरै गुड्छन् गाडी,
सधैं मलाई बस्नुपर्छ यही घर पछाडि ।
सपना छन् ठूला ठूला साकार पर्नुछ भोलि,
आजै राम्रो भएन भने के होला र भोलि
-सुशान खनाल, कक्षा–६
बृहस्पति विद्या सदन, काठमाडौं
प्रकाशित : माघ ७, २०७४ ०८:२१