म सानी नानी

काठमाडौँ — म छोरी नानी,
पढ्ने मेरो बानी ।
बाबा आमा सबैलाई
आदर गर्ने सानी ।

माया गर्छन् सबैले,

ज्ञानी नानी भनेर ।

दङ्ग पर्छु म पनि,

सबकी प्यारी ठानेर ।


चिरिच्याट्ट गाजलु,

लाइदिने आमाले ।

पुतली हौ भनेर,

फुक्र्याइदिने बाबाले ।


सबेरै उठ्ने म,

पढ्न बस्ने छोरी ।

विद्यालय जान्छु सधैं,

चट्ट कपाल कोरी ।

-अमूल्य आचार्य, कक्षा–५

सेन्ट मेरिज स्कुल, ललितपुर


प्रकाशित : माघ ७, २०७४ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?