३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

देश हाँक्ने चालक !

काठमाडौँ — अहिले तिमी पढ्नेलेख्ने सानासाना बालक हौ,
भविष्यमा असल बनी देश हाँक्ने चालक हौ ।

जन्म पायौ आमाबाट तातेताते गर्दै बढयौ,

तोतेबोली बोल्दाबोल्दै अक्षर चिनी पढयौ ।

तान्दातान्दै धर्काहरू अलिअलि लेख्न थाल्यौ,

मिहिनेत गरी आफूभित्र चेतनाको दीप बाल्यौ ।


आँगनीमा खेल्दाखेल्दै धेरै साथी भएपछि,

ज्ञानगुनका कुरा सिक्यौ विद्यालय गएपछि ।

पढयौ लेख्यौ खेल्यौ हाँस्यौ नाच्यौ रमाएर

बढ्नुपर्छ सधैं अघि असल मार्ग समाएर ।


ज्ञान दिने कापी–कलम किताबको बोकी झोला,

ज्ञानकै डुंगामाथि चढी तरौँ जीवनको खोला ।

मानव बनी जन्मिएर यो धर्तीमा आएपछि,

धन्य ठान्नु आफूलाई मानवचोला पाएपछि ।


अहिले तिमी पढ्नेलेख्ने सानासाना बालक हौ,

भविष्यमा असल बनी देश हाँक्ने चालक हौ ।

-कमल कोइराला

प्रकाशित : माघ ७, २०७४ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?