कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चरा !

काठमाडौँ — चरा देख्दा बालबालिकादेखि पाकासम्म सबै रमाउँछन् । चराहरूको चिरविराहटमा नलठ्ठिने कमै हुन्छन् । हाम्रा घरआँगनवरिपर दिनहुँ चरा देखिन्छन् । तैपनि अर्को दिन तिनै चरा देख्दा मन खुसी हुन्छ ।

चरा !

रंगीविरंगी चरा रहेछन् भने त झनै गज्जब लाग्छ । कठोर मन भएकाहरू पनि चराचुरुंगीका गतिविधिले पग्लन्छ । साहित्य र सृजनात्मक काम गर्नेका लागि चरा प्रेरणाका स्रोत बन्छन् । नेपालका वनजंगल, झाँडी, सीमसार, घाँसेमैदान, कृषिजन्य क्षेत्र, हिमाली बासस्थान र मानवबस्ती वरपर विभिन्न प्रजातिका चरा देख्न सकिन्छ । हाम्रो मुलुकमा दक्षिणतिरबाट ठूलो संख्यामा चरा आउन थाले भने वसन्त ऋतु आउन लागेको संकेत मिल्छ । उत्तरतिरबाट तराईतिर चरा आउन थाले भने जाडो मौसम सुरु हुन थालेको थाहा हुन्छ । चरा हेर्न चाहनेहरूका लागि नेपाल संसारकै एक उत्कृष्ट स्थल हो । यहाँ ८ सय ८६ प्रजातिका चरा पाइन्छन् । ती मध्ये ७८ चरा सिकारी प्रजातिका हुन् ।

यी तस्बिरहरू कपिलवस्तुको तौलिहवाबाट पश्चिममा सूर्यास्तका बेला देखिएका चराहरूका गतिविधिका हुन् । सूर्योदयजस्तै सूर्यास्तको दृश्य आफैंमा मनमोहक हुन्छ । सबै तस्बिरमा अस्ताउँदो सूर्यको पृष्ठभूमिका चराहरू छन् ।












शब्द/तस्बिर : मनोज पौडेल


प्रकाशित : माघ ७, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?