बेलायत घुम्दा..

काठमाडौँ — बौद्ध मेरिडियन स्कुलले गत जनवरी १४ देखि २३ सम्म ९ विद्यार्थीलाई अन्तर्राष्ट्रिय भ्रमणका लागि बेलायत लगेको छ । त्यस क्रममा उनीहरूलाई बेलायतका मुख्य मुख्य स्थानहरू घुमाइएको थियो ।

बेलायत घुम्दा..

त्यहाँको व्यवस्थित ट्राफिक प्रणाली खानपान, रहनसहन आदिबारे उनीहरूलाई जानकारी दिइएको थियो । विद्यार्थीहरूले त्यहाँका प्रसिद्ध ठाउँहरू वकिङ्घम प्यालेस, बिग बेन, टावर ब्रिज र क्याम्रिज सिटी घुम्ने अवसर पाएका थिए । नयाँ ठाउँ, परिवेश, वातावरण र संस्कृतिसँग भिज्न पाउँदा उनीहरू नौलो महसुस गरिहरेका थिए । विज्ञान संग्रहालय र पुरातात्त्विक महत्त्वका पर्यटकीय ठाउँहरू भ्रमण गर्दा उनीहरू झनै उत्साहित बनेको थिए । विद्यालयका सह–प्रधानाध्यापक दीपेश महर्जनसहितको टोली पहिलो युरोप यात्राबाट ९ दिनपछि काठमाडौं फर्किएको थियो ।

प्रकाशित : माघ २८, २०७४ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?