कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्याक लिफ्ट रेस 

खेल खेलौं
कान्तिपुर संवाददाता

काठमाडौँ — यो खेलमा एकपटकमा ८ देखि १६ समूह सहभागी हुन सक्छन् । प्रत्येक समूहमा २ खेलाडी हुनुपर्छ । यो खेलका लागि १ सय मिटर लामो मैदान आवश्यक हुन्छ ।

ब्याक लिफ्ट रेस 

खेल सुरु हुनुअघि सहभागी हुने सम्बन्धित खेलाडीले आफ्नै समूहको अर्को खेलाडीलाई पिठयँुमा विपरीत दिशातर्फ फर्केको अवस्थामा बोकेर (चित्रमा देखाएजस्तै) निर्धारित दूरी दौडेर पूरा गर्नुपर्छ ।


खेल्ने तरिका

खेल शिक्षकले इसारा गरेपछि अर्को खेलाडीलाई बोकेको खेलाडीले निर्धारित दूरीसम्म दौडनुपर्छ । यसरी दौडिने क्रममा आफूले बोकेको खेलाडीलाई खसाउनुहुँदैन । यो नियमअनुसार जुन खेलाडी वा समूहले कम समयमा सबैभन्दा पहिले निर्धारित दूरी पूरा गर्छ त्यही समूह विजेता घोषित हुन्छ ।


प्रकाशित : फाल्गुन ६, २०७४ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?