१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जाडोलाई बिदाई

कान्तिपुर संवाददाता

काठमाडौँ — तयार छस् तँ खसाल्न यहाँ हिउँ र असिना,
तर सिरक ओढेर निकाल्छु म पनि पसिना ।

सिरेटो, कुइरो, तुसारो, झरी र शीतलहर,

सबैलाई सजग गराउन पुग्छु गाउँसहर ।

पिउँछु म सधैँ बिहानीमा तातो दूध र चिया,

सक्ने छैनस् पार्न मन मेरो छियाछिया ।

गर्दछु कसरत बिहान र बेलुकामा कडा,

नसोच्नु कदापि तँ शक्तिशाली छु भनी बडा ।

बाक्ला जुत्ता, मोजा र सुरुवाल पनि किनेँ,

नदेखा नखरा धेरै, तँलाई पनि राम्ररी चिनेँ ।

कोट, ज्याकेट र स्वेटर विरोधमा छन् तेरो,

न्यानो गलबन्दी र थर्मकोट तयार छन् मेरो ।

बूढाबूढी र केटाकेटीलाई तर्साइस् खुब पहिले,

टेर्न छाडिसके तँलाई यहाँ सबै मानिस अहिले ।

ताप्दछौँ हामी हिटर, आगो र पारिलो घाम,

शिशिर ऋतुलाई हाँसेर बिदा गर्ने हाम्रो काम ।

-मन्दिप पौडेल, कक्षा–९

विश्व निकेतन मावि, काठमाडौं

प्रकाशित : फाल्गुन ६, २०७४ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?