फूलबारीका फूल

कान्तिपुर संवाददाता

काठमाडौँ — रंगीचंगी बास्नादार
कति राम्रा फूल ।
फूलसँगै खेल्न आउँछन्
पुतलीका हूल ।

फूलबारीका फूल

राता, नीला, हरिया

पहेँला फूल थरीथरी ।

फूलसँगै फूलबारीमा

डुल्छु म नि घरीघरी ।


शोभा दिन्छन् चारैतिर

फूलबारीका फूलले झन् ।

फुलैफूलका बगैँचामा

रमाउँछ सबैको मन ।


सुन्दर अनि कोमल बन्न

सिकाउँछ सधैं फूल ।

फूलको सन्देश बिर्सिएर

नगरौँ है कुनै भूल ।

–मिलन केसी, कक्षा–५

बालज्योति कम्युनिटी एकेडेमी, स्याङ्जा

प्रकाशित : फाल्गुन १३, २०७४ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?