कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

फुर्सदमा पढौँ

कान्तिपुर संवाददाता

काठमाडौँ — साने एक चतुर बालक हो । उसले दिन दिनै नयाँ–नयाँ कुराहरू सिकिरहेको छ । स्कुलबाट फर्किंदा साह्रै गलेको साने एक दिन गृहकार्य नगरी भुसुक्क निदाउँछ । अलि अबेरमा ब्युँझेपछि ऊ आँतिन्छ र फेरि गृहकार्य गर्न बस्छ । तर ऊ गर्नै सक्तैन । अनि घर नजिकैकी साथी जुनुकोमा पुग्छ ।

फुर्सदमा पढौँ

अघि नै गृहकार्य सकेर खेल्दै गरेकी जुनुले उसलाई कापी नै जिम्मा लगाइदिन्छे । जुनुको सबै गृहकार्य सारेर भोलिपल्ट गुरुआमालाई देखाउँछ । राम्ररी गृहकार्य गरेकामा स्याबासी पनि पाउँछ । तर त्यसको उल्टो जुनुले सानेको गृहकार्य सारेको भनेर गुरुआमाले उसलाई गाली गर्नुहुन्छ । जुनु केही नबोली आँखाभरि आँसु पारेर सानेलाई हेरिरहन्छे । यो सब सुनिरहेको सानेलाई साह्रै नरमाइलो लाग्छ । अनि उसले साँचो कुरा बताउँछ । सानेले साँचो कुरा गरेपछि गुरुआमा खुसी हुनुहन्छ । कुरै नबुझी जुनुलाई गाली गरेकोमा माफी माग्नुहुन्छ । साने पनि अबदेखि यस्तो गलत काम नगर्ने र सधैं इमानदार हुने अठोट गर्छ ।


यो केहीअघि बजारमा आएको कथाको एक पुस्तकको हो । पुस्तकको शीर्षक हो– ‘साने इमानदार हुन सिक्छ ।’ यो पुस्तकमा सरल कथा र रमाइला चित्र छन् । यही पुस्तकको अर्को भाग पनि प्रकाशन गरिएको छ । अर्को भागको पुस्तकको शीर्षकचाहिँ ‘साने अरूलाई सम्मान गर्न सिक्छ’ हो । दोस्रो पुस्तकमा साने नयाँ–नयाँ कुराहरू सिक्न चाहन्छ । तर ऊ आफूभन्दा ठूलासँग घुलमिल हुन चाहँदैन ।


कहिलेकाहीँ त उ ठूला मान्छेलाई दुव्र्यवहार पनि गर्छ । सानेले आफूभन्दा ठूलालाई सम्मान गर्न कसरी सिक्छ ? भन्ने यो कथाको किताबबाट बुझ्न सकिन्छ । यी दुवै किताबमा व्यावहारिक ज्ञानलाई रोचक शैलीमा व्यक्त गरिएको छ । एडुकेसनल पब्लिसिङ हाउसले प्रकाशन गरेका यी दुई बाल चित्रकथाहरूमा समित श्रेष्ठले चित्र बनाएका छन् । पुस्तकको मूल्य १ सय २५ रुपैयाँ छ ।

प्रकाशित : फाल्गुन १३, २०७४ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?