१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्नेक रेस 

खेल खेलौं
कान्तिपुर संवाददाता

काठमाडौँ — यो खेलमा एक पटकमा २ देखि ४ समूह सहभागी हुन सक्छन् । प्रत्येक समूहमा २ खेलाडी हुनुपर्छ । यो खेलका लागि ५० मिटर लामो मैदान र एउटा ड्रमसेट (बाजा) आवश्यक हुन्छ । 

स्नेक रेस 

खेल्ने तरिका

यो खेलका लागि सबैभन्दा पहिले मैदानमा जिकज्याक लाइन बनाउनुपर्छ । त्यस्तो लाइन सम्भव भएसम्म फराकिलो सेपमा हुनुपर्छ । त्यसपछि प्रत्येक टिमले अलग–अलग उक्त जिकज्याक लाइनमा अगाडि रहने खेलाडीले टेकेका पाइलाहरू पछाडि रहने खेलाडीले पछ्याउँदै (चित्रमा देखाएजस्तै) संगीतको तालमा हिँड्नुपर्छ । यसरी हिँड्दा खेलाडीले बाजाको तालसँग आफ्नो हिँडाइको चाल मिलाउनुपर्छ । यसरी हिँडाइको चाल मिलाउँदा पछाडि रहने खेलाडीबाट गल्ती हुने सम्भावना भएकाले खेल शिक्षकले पछाडिको खेलाडीलाई विशेष निगरानीमा राख्नुपर्छ । यसरी खेल्दा जुन टिमले सबैभन्दा कम समयमा सबैभन्दा कम गल्ती गरेर निर्धारित दूरी पूरा गर्न सक्छ, त्यही समूह विजेता घोषित हुन्छ ।

प्रकाशित : फाल्गुन २०, २०७४ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?