सिरानी

कान्तिपुर संवाददाता

काठमाडौँ — बस्छ सधैं ओछयानको, 
सबैभन्दा माथि ।
निद्रा लाग्दा आराम गर्ने,
सिरानी हो हाम्रो साथी ।

सिरानी

रात परेपछि हाम्रो,

सिरानी हो मित्र ।

बाहिर झिलीमिली बुट्टा,

कपास छ यसभित्र ।


थकाइमा यसले हामीलाई,

मीठो निद्रा दिने गर्छ ।

आराम दिने साथीलाई,

सधैं माया गर्नुपर्छ ।


राम्रा सपना देखाउने,

साथी हाम्रो सिरानी ।

आफ्नो साथीलाई सधैं,

सफा राख्ने गरौँ बानी ।

–सविना गुरुङ, कक्षा–४

भूपू सैनिक स्कुल, धरान

प्रकाशित : फाल्गुन २०, २०७४ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?