‘हाम्रो साथी’

कान्तिपुर संवाददाता

काठमाडौँ — सिरिरिरी हावा चल्यो, 
आहा कति मजा ।
बगैंचामा खेलौं पुतली, 
हामीलाई छोडी नजा ।

‘हाम्रो साथी’

रूखमुनि लस्कर हिँड्छन्,

कमिलाका ताँती ।

मौरी दिदी मेहेनती,

रानी एकदम जाती ।


काग दाइले भेटे बेल,

खान सकेनन् गुदी ।

खरायोले सिंहलाई झुक्यायो,

कस्तो त्यसको बुद्धि ?


सुन्न एकदम मन लाग्छ,

कोइली दिदीको गीत ।

खरायो र कछुवा कुद्दा,

कछुवाको जित ।


मयूर, डाँफे छमछम नाच्छन्,

ढुकुर कुरकुर गर्छ ।

स्याल सधंै जाल बुन्छ,

आफ्नै जालमा पर्छ ।


सर्पलाई नजिस्काऊ,

नत्र यसले डस्छ ।

मुसो पस्छ दुलोभित्र,

बिरालो कुरी बस्छ ।


कमिला देखी हात्ती सधैं,

एक कोस टाढा भाग्छ ।

बलभन्दा बुद्धि ठूलो,

सधैं काम लाग्छ ।


हरिण, मृग उर्फी हिँड्छन्,

बाँदर चढ्छ रूखमाथि ।

हामी पर्‍यौँ साना नानी,

यी हुन् हाम्रो साथी ।

– सुजन कार्की

बन्दीपुर, सिरहा

प्रकाशित : फाल्गुन २०, २०७४ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?