२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

धर्तीको कर्मवीर

निबन्ध
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आमाको छोरा, धर्तीको कर्मवीर बन्ने इच्छामा तड्पिन्छु । थाहा छ, मलाई म नेपाल आमाको सन्तान हुँ । नौ महिना कोखमा बसेर यो संसारमा सुपुत्र भएर जन्मिएको छु । आमाको दूधको धारा पिएर धर्तीमा पाइला टेकेको छु ।

धर्तीको कर्मवीर

साँच्चै मैले धर्तीमा पाइला टेकेर आमाका रगत र पसिनाका थोपा–थोपालाई नियाल्दै छु । त्यहाँ अविस्मरणीय चिह्न बनाएको छु । अनि सुखको खेल खेलिरहेको छु ।


मैले नेपाल आमालाई मुटुको ढुकढुकीमा राखेर हावाको वेगसँगै, पानीको छालसँगै उज्यालोको सद्मार्गमा डोर्‍याइरहेको छु । नेपाल आमाको सुन्दरतालाई आफ्नो मनमा सिँगारेर राखेको छु । दूधका धारा पिएर आमाको ऋण तिर्ने लक्ष्य लिएको छु । जसरी आमा मलाई जाडो हुँदा घाम बनिन् र गर्मी हँुदा शीतलताको छहरा बनिन् त्यसरी नै म पनि आमाको खास धड्कन बन्नेछु । आमालाई ठेस लाग्दा मलाई दुख्छ तर त्यो दु:ख सहेर पनि मैले आमाको घाउमा मलमपट्टी लगाउनु छ । बल्ल म सच्चा छोराको नाममा धर्तीको कर्मवीर भएर उभिनेछु । मैले जतिसुकै सफलताको सपना देखे पनि मलाई आमाकै सहायताको खाँचो छ । अनि मात्र म अगाडि बढ्न सक्नेछु । आमाका आँखामा म छु– त्यो हो आँसु । आमाको मुटुमा म छु– त्यो हो ढुकढुकी र आमाको मनमा म छु– त्यो हो श्वास । आमाको नसा–नसामा म बगेको छु । सायद मैले पनि कति ठक्कर र दु:ख खाएँ होला तर म आमाका लागि र सफलताका लागि संघर्ष गरेर अगाडि बढिरहेको छु । भनिन्छ, एउटा खोलाले पनि निरन्तर बग्दा कति ढुंगा, भीर, सानो खाेँचबाट ठक्कर खाँदै बहन्छ, त्यसरी नै मान्छेले पनि कति आँसुका खोला बगाउनुपर्छ अनि बल्ल नयाँ संसार देख्नेछ ।


म पनि यस्तै–यस्तै लक्ष्य लिएर भौँतारिँदै हिँडेको सुपुत्र हुँ । आमाले मलाई जन्म दिइन् अनि कर्म पनि । त्यसैले त सुख छ, आनन्द छ तर कर्ममा सधैं सुखमा बिल्दैन रहेछ जिन्दगी । जिन्दगी दुई दिनको चोला, कहिले सुख त कहिले दु:ख, कहिले रोदन त कहिले खुसी । चाहे मलाई दु:ख नै किन नहोस् र सुख नै किन नहोस्, म नेपाल आमालाई आफ्नो मुटुमा राखेर सफलताको शिखरतर्फ लैजान रगत र पसिना बगाइरहनेछु । अनि बल्ल संसारले नेपाल आमालाई चिन्नेछ । आकाशमा उडिरहेको चरीभैंm, पहरा टुप्पोबाट खसेको छाँगोभैंm द्रूतगतिले लक्ष्यमा पुग्ने दृढता मैले जगाएको छु । स्वर्णिम नेपाल निर्माणका सपना बुनेर म डटिरहन्छु । यसलाई साकार पार्नु नै मेरो उद्देश्य हो । त्यसैले मेरो यो लक्ष्य नै आमाप्रतिको

समर्पण हो ।


आमा ∕ तिमीले हात दियौ अनि साथ दियौ, त्यो नै मेरा लागि सर्वोत्तम सौगात हो । जसको सहाराबिना आज म यस संसारमा उभिन सक्दिनँ थिएँ अनि पलपल तड्पेर मर्ने थिएँ, सायद । त्यसैले यो मेरो दुई हातले संसार हल्लाउनु छ अनि स्वर्गतुल्य बनाउनु छ । यो नै मेरो आमाको देन हुनेछ । म धर्तीको कर्मवीर भएर उभिनेछु । आमा ∕ तिमी ममताकी खानी, माया नै मायाले एक सच्चा व्यक्ति बनाउने साँच्चै तिमी ईश्वर हौ । सायद, म पनि तिम्रो माया पाएर होला, असल व्यक्ति बन्ने लक्ष्य लिएको छु ।


जन्मायौ, हुर्कायौ, बढायौ अनि पढायौ । वास्तवमा त्यो नै तिम्रो कर्म हो । र छोरा आमाका लागि केही गर्न अगाडि बढ्छ । आमाको त्यो ओठमा हाँसो ल्याउन आफू मरेर या लडेर लक्ष्य चुम्दै विश्वमा चिनिन प्रयास गर्दछु । सायद, मैले नेपाल आमाका लागि केही गर्न सकिनँ भने वास्तवमा म छोरा हुने छैन । तर मैले विश्वमा आमाको कीर्ति छर्नुछ, आँसुका दाग मेटाउनुछ । तब म भन्न सक्छु, म मरेर गए पनि मेरो देश बाँचिरहोस् । मरेर जाँदा स्वर्गमा जान

पाऊँ भनेर होइन, फेरि यही नेपाल आमाको न्यानो काखमा जन्मन पाऊँ भन्ने आशा छ मेरो ।

-सजित महत, कक्षा–९

सामाखुसी इंग्लिस स्कुल, काठमाडौं

प्रकाशित : फाल्गुन २०, २०७४ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?