२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सिल रेस 

खेल खेलौं
कान्तिपुर संवाददाता

काठमाडौँ — यो खेलमा एकपटकमा ४ देखि ६ समूह सहभागी हुन सक्छन् । प्रत्येक समूहमा २ खेलाडी हुनुपर्छ । यो खेलका लागि ५० मिटर लामो मैदान र एउटा ड्रमसेट (बाजा) आवश्यक हुन्छ ।

सिल रेस 

खेल्ने तरिका

यो खेलका लागि सबैभन्दा पहिले सहभागी टिमका दुवै खेलाडीलाई हातखुट्टा सोझो पारेर (चित्रमा देखाएजस्तै) सुताउनुपर्छ । यसरी सुतेका खेलाडीले बाजाको तालसँग ताल मिलाउँदै अगाडितर्फ घस्रिँदै निर्धारित दूरी पूरा गर्नुपर्छ । यसरी घस्रिएर अगाडि बढ्ने क्रममा खेलाडीले आफ्नो टाउकोलाई दायाँबायाँ घुमाउनु हुँदैन । त्यसो गरिएमा त्यस्तो खेलाडीको टिम नै अयोग्य मानिन्छ । यो कुरालाई खेल शिक्षकले विशेष दक्षताका साथ निगरानी गर्नुपर्छ । यसरी घस्रेर जुन टिमले सबैभन्दा कम समयमा सबैभन्दा पहिले निर्धारित दूरी पूरा गर्न सक्छ, त्यही समूह विजेता घोषित हुन्छ ।

प्रकाशित : फाल्गुन २७, २०७४ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?