कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

फ्रग रेस

खेल खेलौं

काठमाडौँ — यो खेलमा एकपटकमा ४ देखि ६ खेलाडी सहभागी हुन सक्छन् । यो खेलका लागि ५० मिटर लामो मैदान र एउटा ड्रमसेट (बाजा) आवश्यक हुन्छ ।

फ्रग रेस

यो खेलमा ५ देखि ८ वर्षका बालबालिकाहरू सहभागी हुन सक्छन् ।

खेल्ने तरिका
यो खेलका लागि सबैभन्दा पहिले सहभागी सबै खेलाडीलाई घुँडा र हात टेकेको (चित्रमा देखाएजस्तै) बसाउनुपर्छ । यसरी बसेका खेलाडीले बाजाको तालसँग ताल मिलाउँदै अगाडितर्फ भ्यागुताजस्तै उफ्रिँदै निर्धारित दूरी पूरा गर्नुपर्छ । यसरी उफ्रेर अगाडि बढ्ने क्रममा खेलाडीले आफ्नो शरीरको सन्तुलनलाई बिगार्नु हुँदैन । त्यसो गरिएमा त्यस्तो खेलाडी अयोग्य मानिन्छ । यो कुरालाई खेल शिक्षकले विशेष दक्षताका साथ निगरानी गर्नुपर्छ । यसरी उफ्रेर जुन खेलाडीले सबैभन्दा कम समयमा सबैभन्दा पहिले निर्धारित दूरी पूरा गर्न सक्छ, त्यही खेलाडी विजेता घोषित हुन्छ ।

प्रकाशित : चैत्र ११, २०७४ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?