वसन्त ऋतु

काठमाडौँ — घुमिफिरी यहाँ रमाइलो वसन्त ऋतु आउँछ,कोइली चरी ‘कुहु कुहु’ गर्दै मीठो गीत गाउँछ ।

वसन्त ऋतु

घुमिफिरी यहाँ रमाइलो वसन्त ऋतु आउँछ,
कोइली चरी ‘कुहु कुहु’ गर्दै मीठो गीत गाउँछ ।
बिरुवाहरूमा नयाँ पालुवा रातै पलाउँछन्,
लहराहरू रूखको माथि–माथि चढ्छन् ।
भमरा, पुतली र माहुरी पनि रमाउँछन्,
नाच्दै आ–आफ्ना मुखले फूललाई समाउँछन् ।
ऐंसेलु र काफल–किम्मु यति खेरै पाक्छन्,
लालीगुराँस रातै फुली वनपाखा ढाक्छन् ।
मानिसको मनमा खुब फूर्ति आउँछ,
गौंथलीले दलानमै गुँड लगाउँछ ।
कविलाई कविता रच्न बाध्य बनाउँछ,
सुन्दर यो वसन्तमा जगत् नै रमाउँछ ।

मन्दिप पौडेल, कक्षा–९
विश्व निकेतन मावि, काठमाडौं

प्रकाशित : वैशाख ९, २०७५ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?