कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नयाँ कक्षा !

गणेश राई

काठमाडौँ — वाह ! नयाँ कक्षा !! कत्ति मज्जा !!! साथी प्रयुषा घिमिरे चार कक्षाबाट अब पाँच कक्षा पुगेकी छन् । उनी यसपालि नयाँ स्कुलमा पनि जाँदै छिन् ।

नयाँ कक्षा !

एउटा स्कुलमा नर्सरीदेखि कक्षा ४ सम्म पढिन् । ‘पहिलेको स्कुल पनि राम्रो थियो । तर अझै राम्रो स्कुलमा पढौं भनेर नयाँमा जान लागेको हो,’ उनी भन्छिन् । उनी काठमाडौंको बागबजारबाट नयाँ बानेश्वरमा रहेको अर्को स्कुलमा जान थालेकी हुन् ।

‘मैले नयाँ किताब, नयाँ झोला र नयाँ स्कुल ड्रेस मात्र होइन नयाँ साथी पनि पाउनेछु,’ प्रयुषा भन्छिन्, ‘नयाँ सर, म्याम हुनुहुनेछ । नयाँ ठाउँ रमाइलै होला भन्ने लागेको छ ।’त्यसैगरी ललितपुरको इमाडोलमा घर भएका श्रीजेशहाङ राई कक्षा ३ मा पुगेका छन् । ‘दुई कक्षाको परीक्षामा राम्रो गरेको थिएँ,’ श्रीजेश भन्छन्, ‘अब त म पनि ठूलो भएको छु जस्तै लागेको छ ।’

नयन घिमिरे ९ वर्षका भए । उनी नक्सालस्थित बृहस्पति विद्या सदनमा पढ्छ्न । यसपटक कक्षा ४ मा पुगेका छन् । उनी पढाइमा अब्बल छन् । उनको सोख पनि अलि फरक छ । उनी कुकुरबारे रुचि राख्छन् । उनले ३४ किसिमका कुकुरबारे जानकारी दिने ‘डग बुक’ लेखेका छन् । ‘नयाँ कक्षामा जाने बेलामा मेरो किताब आएको छ,’ नयन भन्छन्, ‘नयाँ काम गरेकोले निकै खुसी लागेको छ ।’

नयाँ कक्षा प्रवेश गर्दा सबैलाई रमाइलो लाग्छ । खुसी लाग्छ । अझ नयाँ स्कुलमा पढ्न गइयो भने बेग्लै कौतुहल हुन्छ । नयाँ कक्षामा पुग्नु भनेको आफ्नो उमेर बढ्नु पनि हो । उमेर बढेसँगै मानसिक र शारीरिक विकास हुन थाल्छ । हुर्कदै जाँदा जिम्मेवारी र दायित्व पनि थपिँदै गइरहेको हुन्छ । त्यसलाई पनि ख्याल गर्दै अघि बढ्नुपर्छ ।

प्रकाशित : वैशाख ९, २०७५ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?