१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

आकाश–यात्रा

सुरज कुँवर

काठमाडौँ — ६९ वर्षअघि सन् १९४९ मा काठमाडौंस्थित अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण भएको थियो ।

आकाश–यात्रा

नागरिक उड्डयन प्राधिकरणका अनुसार, त्यो विमान चार सिट क्षमताको विच–क्रयाफ्ट बोनान्जा थियो । त्यसमा भारतीय राजदूत सरजितसिंह महथाई काठमाडौं आएका थिए । त्यसको अर्को वर्षपछि भारतको हिमालयन एभिएसनले कलकत्तादेखि काठमाडौं चार्टर उडानको अनुमति पाएको थियो । चार्टर उडान यात्रु भएपछि मात्रै हुने उडान हो । नियमित हुने उडानलाई कमर्सियल भनिन्छ ।

१९५१ मा भारत सरकारले एउटा डकोटा विमान नेपाल सरकारलाई उपहार दिएको थियो । त्यो विमानबाट विराटनगर, सिमरा, भैरहवा र पोखराका लागि कमर्सियल उडान हुन्थ्यो ।

१९५५ जुलाई अघिसम्म काठमाडौंको विमानस्थललाई गौचरन भनिन्थ्यो । त्यस वर्षको जुलाई १५ मा गौचरनको नाम त्रिभुवन विमानस्थल राखियो । यसको तीन वर्षपछि अर्थात् १९५८ मा नेपाल वायुसेवा निगमको स्थापना भयो । १९५८ जुलाई ४ देखि नेपाल वायु सेवा निगमले काठमाडौंदेखि सिमरा र पोखरामा उडान थालेको थियो ।

प्राधिकरण मातहतको फ्लाइट सेफ्टी स्टयान्डडर्स विभागका अनुसार, अहिले नेपालमा एउटा सिंगल इन्जिनयुक्त, १० वटा हेलिकप्टर (रोटर) र १० वटा (फिक्स्ड विङ) गरी २१ वटा वायुयान कम्पनी उडानमा छन् । जसमा ५६ फिक्स्ड विङ र रोटरतर्फ २९ वटा हेलिकप्टर उडानमा छन् । नेपालबाट विदेश उडान गर्नेमा नेपाल एअरलाइन्स, हिमालय र बुद्ध एअर छन् ।

मुलुकभर एउटा अन्तर्राष्ट्रिय (टीआईए) सहित ४९ वटा विमानस्थल छन् । यीमध्ये ३० वटा सञ्चालनमा छन् । १९ वटा बन्द छन् । ७ वटा नयाँ विमानस्थल बन्दै छन् ।

नेपालमा जुनसुकै मुलुकबाट कमर्सियल उडान सुरु गर्नुअघि दुई मुलुकले सम्झौता गर्नुपर्छ । अहिलेसम्म सरकारले ३८ वटा मुलुकसँग हवाई सम्झौता गरेको छ । तर १४ वटा मुलुकका २८ वटा एयरलाइन्सले मात्रै काठमाडौंमा सेवा दिइरहेका छन् ।

प्रकाशित : वैशाख ३०, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?