कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भूतको हल्ला

फुर्सदमा पढौं

काठमाडौँ — बालकथा संग्रह ‘गाउँभरि भूतको हल्ला छ’ बजारमा आएको छ । यस कथा संग्रहभित्र दसवटा बालकथा समेटिएका छन् । ‘एकताको बल’, ‘बाँदरलाई खुच्चिङ’, ‘सोझोलाई मूर्ख बनाउने ठग’, ‘न्याउरी मारी पछुतो’, ‘बाघले घाँस खाँदैन’, ‘भुत्याहा छाँगो’, ‘विश्वासघात’, ‘गाउँभरि भूतको हल्ला’, ‘लाल बुझक्कडको कथा’ र ‘ट्याम्केकी देवी’ यस पुस्तकभित्र रहेका कथा हुन् ।

भूतको हल्ला

‘एकताको बल’ कथाबाट आाफूलाई अन्याय परेको बेला एकजुट भएर त्यसको प्रतिकार गर्दा कसरी विजयी भइन्छ भन्ने बुझ्न सकिन्छ । ‘बाँदरलाई खुच्चिङ’ कथामा आफ्ना सारा बालीनाली खाएर दिक्क लगाएका बाँदरलाई कसरी गाउँलेहरूले तह लगाउँछन्, त्यो पढ्न पाइन्छ । ‘सोझोलाई मूर्ख बनाउने ठग’ कथाले भित्र आफ्नो कुरामा अडिक हुन नसक्दा अरूले त्यसबाट कसरी फाइदा लिन सक्छन् भन्ने सिकाउँछ । ‘न्याउरी मारी पछुतो’ मा आफूले अरूका लागि खनेको खाडलमा कहिलेकाहीं आफैं कसरी परिन्छ भन्ने पढ्न पाइन्छ । त्यस्तै भुत्याहा छाँगो, विश्वासघात, गाउँभरि भूतको हल्ला छ, लाल बुझक्कडको कथा र ट्याम्केकी देवी कथाहरूमा जनजिब्रोमा झुन्डिएका लोक कथाहरूलाई समेटिएका छन् ।रामविक्रम थापाले लेख्नुभएको यो कथा संग्रहमा टंकबहादुर आलेमगर र भीम अधिकारीले चित्रहरू बनाउनुभएको छ । ३६ पेजको यो किताबको मूल्य एक सय रुपैयाँ छ ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?