नयाँ वर्षको उपहार

काठमाडौँ — नयाँ वर्षको अवसर पारेर बालकथाको पुस्तक ‘नयाँ वर्षको उपहार’ सार्वजनिक भएको छ । बाल साहित्यकार तथा शिक्षिका कौशिला रिसालले लेख्नुभएको यो पुस्तकको नाम संग्रहको एउटा कथा ‘नयाँ वर्षको उपहार’ बाट राखिएको छ । यो कथामा नयाँ वर्षमा केही नयाँ काम गर्न प्रोत्साहन गरिएको छ । नयाँ वर्षमा वृद्धाश्रममा सहयोग गर्न गएको कथा यसमा छ ।

नयाँ वर्षको उपहार

कथाकी हजुरआमाले नांगो खुट्टाले हिँड्दा काँडा बिझ्छ, तिखा ढुंगाले घोच्छन्, सिसाले काट्छ, खिया लागेको टिन वा फलामले काटयो भने टिटानस हुन सक्छ भन्नेजस्ता शिक्षा नातिनीलाई दिएकी छन् ।

संग्रहमा ‘नयाँ वर्षको उपहार’, ‘हजुरआमाको अर्ति’, ‘हामी कमजोर छैनौं’, ‘बचाएर चलाउने तरिका’, ‘घैंटेले माफी माग्यो’, ‘भावनाको नाता’, ‘सरले स्कुल छाड्नुभयो’, ‘चौताराले बोलाएको छ’, ‘प्रतिभाको खोजी’, ‘बाटाघरकी हजुरआमा बोक्सी होइनन्’, ‘हराएको देवु’, ‘हामी पनि सचेत छौं’, ‘ज्ञानको ज्योति’ जस्ता १५ कथा संग्रह गरिएका छन् । कथा बालबालिकालाई आफू जन्मेको समाजप्रति उत्तरदायी भावनाको विकास गराउन सहयोगी हुने खालका छन् । समाजमा व्याप्त कुप्रथा, कुसंस्कार अन्त्यका लागि चेतना फैलाउन यी कथा सहयोगी छन् । पुस्तकको चित्र राजेश मानन्धरले कोर्नुभएको हो । यो पुस्तकको मूल्य १ सय ५० रुपैयाँ छ ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?