कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फुर्सदमा पढौं

काठमाडौँ — साहित्यकार टंक चौलागाईंद्वारा रचित ‘टालाटुली’ वर्तमान समाजको यथार्थ विषयवस्तुमा आधारित पुस्तक हो । यस पुस्तकमा भूषणलाई प्रमुख पात्र बनाएर उनका माध्यमबाट बुढ्यौली अवस्थामा मानिसको जीवन टालाटुलीजस्तै बन्छ भन्ने यथार्थ देखाउन खोजिएको छ । चौलागाईंको मुुख्य क्षेत्र नाटक भएकाले यो पुस्तकमा पनि नाटककै विशेषता छ । कृतिको प्रमुख पात्र भूषण हो । कुसुम, डाक्टर रौनियार, आभा र पुनम सहायक पात्र हुन् । उनीहरूले कथा वस्तुलाई गति दिएका छन् ।
  ।

फुर्सदमा पढौं

बाबुआमा र घरबेटीको चरित्र कहींकहीं मात्र देखिएकोले उनीहरू गौण पात्रका रूपमा छन् ।

टालाटुली शीर्षकलाई मात्रै सम्झने हो भने यो पुस्तक खासै आकर्षक नलाग्न सक्छ । तर नपत्याउने खोलाले बगाउँछ भनेजस्तै यसभित्र प्रवेश गरिसकेपछि जोकोही पनि यसलाई अन्तिमसम्म नपढी रहन सक्दैन । हाम्रो समाजमा बूढाबूढी भएपछि छोराछोरीहरूले आमाबुवाप्रति गर्ने नराम्रो व्यवहारलाई यसमा दुरुस्तै चित्रण गरिएको छ ।

उपन्यासमा सुट तयार गर्दा निस्किएका टालाटुलीलाई बाबुआमा र उक्त सुटलाई छोराछोरीको रूपमा चित्रण गरिएको छ । यसले समाजमा वृद्धवृद्धालाई गरिने बेवास्ता र दुव्र्यवहारप्रति व्यंग्य गरेको छ । टालाटुलीको कुनै महत्त्व नभएजस्तै हाम्रा बाबुआमा पनि छोराछोरीबाट बुढ्यौलीमा उपेक्षित हुन थालेको दर्साउनु यस कृतिको मुख्य अभिप्राय हो । डाक्टर रौनियार जस्तो मृदुभाषीले आफ्नो उद्देश्य प्राप्तिका लागि बूढाबूढीप्रति गर्ने नाटकीय व्यवहार पनि यसमा देखाइएको छ ।

शून्यबाट जीवन आरम्भ हुँदा एउटा टालो चाहिने र शून्यमा विहीन हुँदा पनि एउटा अर्को टालो चाहिन्छ भन्ने देखाउँदै जीवन शून्यदेखि शून्यसम्मको दौड हो भन्ने देखाउनु नै उपन्यासको अभीष्ट हो । रगतको नाताभन्दा भावनाको नाता ठूलो हुन्छ भन्ने कुरा आफ्नै छोराले बेवास्ता गर्दा पनि अशक्त बूढाबूढीको उचित स्याहारसुसार गर्दै उनीहरूको हरेक आवश्यकताको ख्याल राख्ने असल र सहृदयी पात्र आभाको माध्यमबाट देखाउन खोजिएको छ । आफूलाई बेवास्ता गर्ने छोराको प्रगतिको चहाना आफूले राखेको देखाइनुले ‘बाबुआमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुंगामुढामाथि’ भन्ने उक्ति चरितार्थ गरेको छ ।

सरल र सहज भाषाशैलीको प्रयोग गरिएको प्रस्तुत पुस्तक पढ्नयोग्य छ । पुस्तक पढ्ने जोकोहीलाई यसले आफ्ना बाबुआमाप्रति आफूले गरिरहेको व्यवहारप्रति सोच्न गर्न बाध्य तुल्याउँछ ।

-अनुुवंश खड्का, कक्षा–१०
पाठशाला नेपाल फाउन्डेसन, काठमाडौं

प्रकाशित : जेष्ठ १३, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?