कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चर्काे घाम

कविता

काठमाडौँ — जाडोयाम सकिनासाथ
स्वाट्टै चिसो भाग्यो,
मौसममा सुधार भई
चर्काे घाम लाग्यो ।

चर्काे घाम

मौसमले चिसोचिसो
खाने कुरा माग्यो,
हिँड्दाखेरि छाता चाहिने
चर्काे घाम लाग्यो ।

कडा घामसँगै अब
तापक्रमले सीमा नाघ्यो,
खलखल पसिना आउने गरी
चर्काे घाम लाग्यो ।

धेरै गर्मी भएपछि
मनमा साह्रै तिर्खा जाग्यो,
अत्यास लाग्ने गरी अब
चर्काे घाम लाग्यो ।।

-मिलन केसी, कक्षा–६
बालज्योति कम्युनिटी एकेडेमी,
स्याङ्जा

प्रकाशित : जेष्ठ १३, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?