कोपिला
जेष्ठ २०, २०७५

राताम्मै वन

तस्बिरमा देखिएको ठाउँ हो– तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम स्थलमा पर्ने तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रको गुराँस वन । समुद्र सतहबाट २ हजार ५ सय मिटरदेखि २ हजार ९ सय मिटर उचाइमा रहेको यो वनमा यति बेला एकै ठाउँमा २८ प्रजातिका गुराँस तँछाडमछाड गर्दै फुलिरहेका छन् ।

प्लास्टिक प्रदूषणको जड

हाम्रो आसपासमा रहेका प्राकृतिक र मानव निर्मित भौतिक, सामाजिक र सांस्कृतिक संरचना नै हाम्रो वातावरण हो । पृथ्वीमा रहेको जलमण्डल, भूमण्डल र वायुमण्डलबीचको अन्तरसम्बन्ध नै वातावरण हो । यस्तो वातावरणमा जीवनका लागि प्रतिकूल परिस्थिति निर्माण हुनुलाई प्रदूषण भनिन्छ । वातावरणीय प्रदूषणले वातावरणीय समस्या निम्त्याउँछ । बढ्दो तापक्रम र अस्वाभाविक मौसम परिवर्तनले हाम्रो वातावरणमा असन्तुलन पैदा भएको संकेत गर्छन् ।

कोरियामा जे देखियो...

हाम्रो विद्यालयले कोरियाका चारवटा स्कुलसँग मितेरी साइनो लगाएको छ । त्यही साइनोअन्तर्गत अघिल्लो वर्ष पुसमा दक्षिण कोरियाको थेगुका ३४ विद्यार्थी साथी र ६ जना शिक्षक नेपाल आएका थिए । उनीहरूलाई हाम्रो विद्यालयले पोखरा, चितवन, नगरकोट, भक्तपुर, काठमाडौं, पाटन घुमाइदिएको थियो । ती कोरियाली साथीलाई हामीले पनि विद्यालयमा स्वागत गरेका थियौं ।

ADVERTISEMENT
ADVERTISEMENT

कापी–किताबका बिलौना

 विद्यार्थीले आफ्नो किताब, कापी र कलमको जतन नगरेपछि किताब, कापी र कमललाई मन दुख्छ र एक्लै हुँदा उनीहरू आपसमा कुरा गर्छन् । ‘हेर न १ मलाई गातो हालिदिएनन् मेरो अनुहारै च्यातिन लागिसक्यो,’ किताबले आफ्नो हालत सुनायो । ‘तिमीलाई के भएको छ र ? अनुहार च्यातिन मात्रै लागेको त हो नि ! मलाई त च्यातिसके हेर न १’ कापीले पनि रुन्चे अनुहार पारेर भन्यो ।

खेल्दै सिक्दै

हाम्रो मुलुकका सबै बालबालिकाको दैनिकी एउटै छैन । बाबा आमा र परिवारका सदस्य दैनिक गुजारा चलाउन मजदुरीमा जुट्नुपर्ने बाध्यताका कारण खाने, खेल्ने, पढ्ने, रमाउने उमेरका बालबालिकाले त्यस्तो अवसर पाउँदैनन् । अवसर नपाएका कारण उनीहरूको व्यक्तित्व, नेतृत्व र आनीबानीको राम्रो विकास हुन पाउँदैन ।

जेष्ठ १३, २०७५

टिफिन

‘मामु मलाई आज टिफिनमा के ल्याइदिनुहुन्छ ?’ समर्पणले स्कुल जाने बेला आमालाई सोधे । ‘तिमीलाई मन पर्ने खाजा अण्डा, रोटी र स्याउ ल्याइदिन्छु नि, है ।’ समर्पणले मक्ख पर्दै टाउको हल्लाए । मुख मिठयाउँदै उनले हात हल्लाए, ‘बाई मामु सी यु ।’ उनले दाहिने हातको हत्केला चुमेर देखाउँदै आमालाई मायाको संकेत गरे । उसकी मामु पनि छोराको माया देखेर मक्ख पर्नुभयो ।

ADVERTISEMENT
ADVERTISEMENT

थिएटर जाने ?

अभिनयमा रुचि भएका र नाटकबारे पढेका–सुनेका विद्यार्थी थिएटर जान रुचाउने गरेका छन् । यसअघि नाटकघर नपुगेकाहरू पहिलोपल्ट नाटक हेर्न पाउँदा उत्साही छन् । कलाकारले आफ्नै आँखा अगाडि प्रत्यक्ष अभिनय गरेको हेर्न पाउँदा उनीहरू अनौठो मानिरहेका हुन्छन् ।

फुर्सदमा पढौं

साहित्यकार टंक चौलागाईंद्वारा रचित ‘टालाटुली’ वर्तमान समाजको यथार्थ विषयवस्तुमा आधारित पुस्तक हो । यस पुस्तकमा भूषणलाई प्रमुख पात्र बनाएर उनका माध्यमबाट बुढ्यौली अवस्थामा मानिसको जीवन टालाटुलीजस्तै बन्छ भन्ने यथार्थ देखाउन खोजिएको छ । चौलागाईंको मुुख्य क्षेत्र नाटक भएकाले यो पुस्तकमा पनि नाटककै विशेषता छ । कृतिको प्रमुख पात्र भूषण हो । कुसुम, डाक्टर रौनियार, आभा र पुनम सहायक पात्र हुन् । उनीहरूले कथा वस्तुलाई गति दिएका छन् ।   ।

छोरी, अब स्कुल जाऊ

छोरी, तिमी अहिले दुई वर्ष ६ महिनाकी भयौ । मैले भर्खर मात्रै तिमीलाई स्कुल पठाउन थालेँ । तिमीलाई यति कलिलो उमेरमै स्कुल पठाएर कतै मैले गल्ती त गरिनँ ? मलाई थाहा छ, तिम्रो यो उमेर आमाबाबासँग घरमा रमाउने बेला हो ।

नेपाल बुझ्दै चिनियाँ विद्यार्थी

बेइजिङ - नियाँहरू नेपाललाई निपोउर भन्छन् । अधिकांश चिनियाँलाई नेपाल भन्ने देश पनि छ भन्ने थाहै छैन । चिनियाँ भाषामा नेपाललाई निपोउर भनिने भएकाले ‘नेपाल’ शब्द धेरैले सुन्ने मौका नै पाउँदैनन् । चिनियाँ स्कुलमा अंग्रेजीको त्यति धेरै पढाइ नहुने भएकाले पनि उनीहरूलाई विदेशका कुरा कमै मात्र थाहा हुन्छ ।