कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कापी–किताबका बिलौना

कथा

काठमाडौँ —  विद्यार्थीले आफ्नो किताब, कापी र कलमको जतन नगरेपछि किताब, कापी र कमललाई मन दुख्छ र एक्लै हुँदा उनीहरू आपसमा कुरा गर्छन् । ‘हेर न १ मलाई गातो हालिदिएनन् मेरो अनुहारै च्यातिन लागिसक्यो,’ किताबले आफ्नो हालत सुनायो । ‘तिमीलाई के भएको छ र ? अनुहार च्यातिन मात्रै लागेको त हो नि ! मलाई त च्यातिसके हेर न १’ कापीले पनि रुन्चे अनुहार पारेर भन्यो ।

कापी–किताबका बिलौना

‘मलाई झन धारिलो ब्लेडले काटेको काट्यै गर्छन् । टोकेर हैरान पार्छन् । विद्यार्थीले त हामी सबैको जतन गर्नुपर्ने होइन र ?’ कलमले पनि गुनासो पोख्यो । ‘हो नि तर खै किन माया गर्दैनन् हामीलाई,’ किताबले भन्यो । फेरि कापीले भन्यो, ‘एउटा उपाय सोचौँ न ।’

कलमले दिक्क मान्दै भन्यो, ‘के उपाय छ र ?’ ‘छ नि, मलाई जसले माया गर्दैन, जसले जथाभावी फाल्छ र च्यात्छ त्यसलाई त म ज्ञान दिन्नँ,’ किताबले रिस प्रकट गर्दै भन्यो । ‘हो ! तर म... म के गर्ने होला ?’ कापीले भन्यो । ‘तिमीले केही गर्नु पर्दैन । मात्रै चुपचाप हेरेर बस । जब उसले लेखेका पाठको पाना च्यात्छ, त्यो हराउँछ । उसले परीक्षामा पढ्न पाउँदैन
अनि फेल हुन्छ,’ किताबले सल्लाह दियो ।

“अँ मचाहिँ के गर्ने होला ?’ कलमले सोच्यो । तिमीले चाहिँ उसको अक्षर नराम्रो बनाइदेऊ न । राम्ररी नलेख । जति पटक तिखार्छ, उतिपटक भाँचिनू,’ कापीले कलमलाई सल्लाह दियो । ‘हो, हो गुड आइडिया । तिमीलाई धन्यवाद !’ कलमले कापीलाई भन्यो । यी सब वार्ता ढोकाबाहिर बसेर एक जना विद्यार्थीले सुन्दै थियो । ऊ भित्र आयो किताब, कापी र कलम बटुलेर राख्न थाल्यो । किताब, कापी र कलम चुप लागे । ‘मैले तिमीहरूका सब कुरा सुनेँ । अबदेखि म सबै जतन गर्छु । यस्तो गल्ती गर्दिनँ,’ विद्यार्थीले भन्यो ।

सरस्वती श्रेष्ठ

प्रकाशित : जेष्ठ २०, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?