समय

कविता

काठमाडौँ — वर्तमानमा मिहिनेत नगरेभविष्य झल्किँदैन,बगेको खेला, बितेको समय कहिल्यै पनि फकिँदैन ।

समय

हातमा घडी बाँधेर मात्र
लाग्दैन कुनै काम,
समयअनुसार मिहिनेत
गरे कमाइन्छ नाम ।

समयलाई कसैले रोक्न सक्दैन
समयलाई कसैले छेक्न सक्दैन,
समयजस्तै लक्ष्यमा बढे
हामीलाई कसैले रोक्न सक्दैन ।

अहिल्यैदेखि समयको महत्त्व बुझौं
राखौं यसको मान,
समयअनुसार पढौं लेखौं
ठूलो भएपछि पाउनेछौं हामीले सम्मान ।

-तेजस्वी पन्त, कक्षा–५
दी एक्सलसर, काठमाडौं

प्रकाशित : जेष्ठ २०, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?