काठमाडौँ — हेर्दाहेर्दै ठूलो भयो, ऐले हाम्रो नाति,बोल्न त ऊ जान्दैन नि, गर्छ भाँती भाँती ।
थोते दाँत देखाएर, मुसुमुसु हाँस्छ,
हातखुट्टा फालीफाली, मज्जाले ऊ नाच्छ ।
भोक लाग्दा खनखन गर्छ, ‘सु’ आउँदा रुन्छ,
चर्तिकला देख्दाखेरि, मन खुसी हुन्छ ।
सन्तानको सुखभन्दा, अरू ठूलो हुन्न,
कर्म गर्दै अघि बढौं, समय त रुन्न ।
आज, भोलि भन्दाभन्दै यात्रा छोटिँदै छ,
हिँड्दाखेरि चारैतिर, पाइला जोडिंँदै छ ।
हेर्दाहेर्दै ठूलो भयो, ऐले हाम्रो नाति,
बोल्न त ऊ जान्दैन नि, गर्छ भाँती भाँती ।
डा. मुकुन्द पथिक
प्रतिक्रिया