कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

‘जंकफुड’ ले हानि !

कविता

काठमाडौँ — बाउ–आमालाई हाई सन्चो चाउचाउ लाँदा खेरी ।कलिलैमा क्यान्सर होला चाल पाउला फेरि ।।

‘जंकफुड’ ले हानि !

बजारका ती खाद्यवस्तु
कुरकुरे र चाउचाउ ।
क्षणिक स्वाद जिब्रोलाई
पेटमा पर्ला घाउ ।।
पाचनशक्ति कमजोर पार्छ
कलेजो र किड्नी ।
मन्द विष सेवन गरी
कति दिन हो हिँड्नी ? ।।
विज्ञापनका चिजबिजमा
हुन्छ अजिनामोटो ।
नाना थरी रोगले च्याप्छ
जीवन–लीला छोटो ।।
‘कुरकुरे’ र ‘लेज’ बाल्दा ।
पेलिथिनझैं बल्छ ।
अखाद्यले अल्छी–कमजोर
कलेजो–मुटु जल्छ ।।
घरमै बन्छ दाल–रोटी
स्वस्थ जीवनको उपहार ।
मौसमी फलफूल–गेडागुडी
दीर्घायुको आधार ।।
खोई त शिक्षक/अभिभावक
कर्णधारको चासो ।
दोष थुपारी अरूलाई
होला गलपासो ।।

लालबहादुर भुजेल

प्रकाशित : जेष्ठ २७, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?