२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९
कोपिला

Kopila

आयो फुटबलको महोत्सव !

विश्वकै सबैभन्दा चर्चित खेल फुटबलको महोत्सव ‘फिफा विश्वकप २०१८’ बिहीबारदेखि सुरु भएको छ । युरोपेली राष्ट्र रूसले आयोजना गर्ने विश्वकप असार ३१ सम्म चल्नेछ । सन् १९३० बाट सुरु भएको विश्वकपको यो २१ औं संस्करण हो । विश्वभरका उत्कृष्ट ३२ टोलीले छनोट चरण पार गरेर यस महत्त्वपूर्ण प्रतियोगितामा स्थान बनाएका छन् । सहभागी राष्ट्रलाई ४–४ राष्ट्र सम्मिलित ८ समूहमा बाँडिएको छ ।

आयो फुटबलको महोत्सव !

सेतु

राति १२ बज्न लागेको थियो । सुन्दरी अकस्मात् निद्राबाट ब्यँुझिई । कतै बिरालाको सानो ङयाउराको ङयाउँ... ङयाउँ... आवाज आइरहेको थियो ।‘आमा बिरालो कराउँदै छ । हेरौँ न के भो ?’ सुन्दरीले आमालाई झकझकाई । आमा र छोराछोरी एउटै कोठामा सुतिरहेका थिए ।

सेतु

पर्वतीय संग्रहालय

पोखरा - हिमाली क्षेत्रका बाबुनानीलाई हिमाल र हिमाली जनजीवनबारे धेरै कुरा बताइरहनु पर्दैन । तर अन्य क्षेत्रका धेरैजसोलाई थाहा नहुन सक्छ । भौगोलिक विकटता र अत्यधिक जाडो हुने भएकाले हिमाली भेगको जनजीवन सहज हुन्न । त्यहाँको चालचलन र संस्कृति पनि अरू ठाउँको भन्दा फरक हुन्छ ।

पर्वतीय संग्रहालय
जेष्ठ २७, २०७५

पाण्डा

 विश्व वन्यजन्तु कोषको प्रतीकचिह्न अर्थात् लोगोमा पाण्डाको चित्र छ । शारीरिक रूपमा आकर्षक देखिने पाण्डा लजालु प्रकृतिको हुन्छ । यसले प्रायजसो अरूलाई आक्रमण गर्दैन ।

पाण्डा

लोभी जनावर

बुलबुल नामको गाउँमा एउटी सोझी आइमाई बस्थिन् । उनले घरमा खरायो, कुखुरा, सुँगा, कुकुर, बिरालो, भेडो, बाख्रो, गाई, गोरु र घोडा पालेकी थिइन् । आइमाई निक्कै सोझी भएकीले कहिलेकाहीं सुँगाले ‘ए बूढी...ए बूढी, खानेकुरा देऊ, भोकायो भुँडी’ भनेर ख्यालठट्टा गर्दै बोलाउँथ्यो । तर, ती आइमाई सुँगाप्रति कुनै प्रतिशोधको भावना नराखी आफूले पालेका सबै जनावरलाई उत्तिकै माया गर्थिन् । सबै जनावरलाई ती आइमाईले सुखसँग पालेकी थिइन् । त्यति मात्र होइन, घरमा पालेका जनावरले चाहेको सबै कुरा आइमाईले पूरा गरिदिएकी थिइन् । उनले पालेका जनावरले केही चाहेमा सुँगाले तुरुन्त आइमाईलाई जानकारी गराउँथ्यो । त्यसैले सबै जनावरले सुँगालाई नेता मानेका थिए ।

लोभी जनावर

पुस्तक पढ्ने बानी

तिम्रो विद्यालयमा लाइब्रेरी छ ? छ भने त्यहाँ कथा, कविता, निबन्ध र अन्य थुप्रै विधाका किताब होलान् । कति त तिमीले पढेका पनि छौ होला । कोर्स बाहिरका किताब पढ्दा बेग्लै रमाइलो हुन्छ । त्यसमा आकर्षक चित्र पनि छन् भने झनै रोचक हुन्छ ।

पुस्तक पढ्ने बानी

वल्र्ड टप विश्रुत

क्याम्ब्रिज युनिभर्सिटीअन्तर्गत अन्तर्राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने ए लेभल परीक्षाको अंग्रेजी विषयमा विश्व प्रथम । यसमा विश्वका १६५ मुलुकका विद्यार्थी सहभागी थिए ।

वल्र्ड टप विश्रुत

चन्द्रमा छुने चित्र

मलाई बाल्यकालदेखि नै चित्रकलामा औधि रुचि थियो । सानैदेखि कागजमा केही न केही कोरिरहन्थेँ । कुनै कागजको टुक्रा भेट्नेबित्तिकै कलम खोजेर केरिहाल्ने मेरो स्वभाव थियो । सुरुमा खाली पानामा कलमले कोर्दा कुनै सार्थक चित्र बन्दैनथे । तैपनि आफूले कोरेको चित्र हेरेर रमाइलो मान्थेँ ।

चन्द्रमा छुने चित्र