१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पंखा

काठमाडौँ — बटन थिचे फनफनी
घुम्न थालिहाल्छ,
गर्मी हुँदा कोठाभरि
चिसो हावा फाल्छ ।

पंखा

सिलिङ अनि टेबल पंखा
नाम यसका थरीथरी,
कति शीतल दिन्छ यसले
हामीलाई गर्मीभरि ।

पंखा हुँदा गर्मी भाग्ने
लामखुट्टे नि परपर,
गर्मीबाट बँच्न मानिस
पर्ने गर्छन् यसकै भर ।

भित्ता समाई झुन्डिएर
नाच्ने अनौठोको साधन,
फनफन नाच्ने पंखामुनि
रमाउँछ सबैको मन ।

-आरती ज्ञवाली, कक्षा–७
अमरसिंह मावि, रामघाट, पोखरा

प्रकाशित : असार ३, २०७५ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?