२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बाघ र बाबा

फुर्सदमा पढौं

काठमाडौँ — एक दिन एउटा टाटे बाघ दौडिँदै आएर जंगलमा तपस्या गर्न बसेका बाबाको कुटी छेउमा भ्वाक्क पछारिन्छ । त्यो बाघलाई सिकारीको गोली लागेको हुन्छ । सिकारीहरू त्यो बाघलाई लखेट्दै आइरहेका हुन्छन् । बाबाले बाघलाई सिकारीहरूको नजरबाट बचाउँछन् । शरीरमा लागेको गोली निकाल्छन् । औषधिमूलो गर्छन् र उसको जीवन रक्षा गर्छन् ।

बाघ र बाबा

धेरै समयपछि त्यही ठाउँमा बाबाको ठूलो आश्रम बन्छ । आश्रममा बाबा र उनका धेरै चेलाहरू हुन्छन् । त्यो ठाउँमा कुनै दिन ठूलो वर्षा हुन्छ । हिम पहिरो जान थाल्छ । बाबा र चेलाहरूलाई कसरी जोगिने भन्ने चिन्ता पर्छ । त्यति नै बेला टाटे बाघ आफ्ना साथीहरूसहित त्यहाँ आइपुग्छ । बाबा र उनका सबै चेलाहरू बाघको ढाडमा चढ्छन् । त्यसपछि बाघहरूले उनीहरू सबैलाई सुरक्षित स्थानमा लगेर बचाउँछन् ।

‘बाघ र बाबा’ शीर्षकको हालसालै प्रकाशित किताबमा रहेका कथाको सार–संक्षेप यत्ति नै हो । तर यो किताबको विशेषता भने यो यत्तिमै सीमित छैन । पुस्तकमा यो कथा नेपाली, अंग्रेजी, मैथिली र नेपाल भाषामा एकैसाथ पढ्न सकिन्छ । कथा सुशीला देउजाले लेखेकी हुन् । यसमा अविन श्रेष्ठले सुन्दर चित्रहरू बनाएका छन् । कथाको अनुवाद मैथिलीमा डा. रामदयाल राकेशले, नेपाल भाषामा नरेशवीर शाक्यले र अंग्रेजीमा महेश पौड्यालले गरेका हुन् । पुस्तकको सम्पादन कार्तिकेयले गरेका छन् । बाल साहित्य प्रतिष्ठान नेपालले प्रकाशन र बुक आर्ट नेपालले वितरण गरेको यो पुस्तकको मूल्य १९५ रुपैयाँ छ । यो किताब ३ देखि ७ वर्षसम्मका बालबालिकालाई पढेर सुनाउन र त्यसभन्दा माथिको उमेरकाले आफैं पढ्न उपयुक्त छ ।

प्रकाशित : असार १७, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?