कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लाग्यो अब झरी

काठमाडौँ — खोलानाला बढेका छन्तर्ने होला कसो गरी ?जताततै हिलैहिलोलाग्यो अब झरी ।

लाग्यो अब झरी

अविरल वर्षा हुँदा
भिजे होलान् रूखका चरी,
जनजीवन त्रसित पार्दै
लाग्यो अब झरी ।

छिनमै घाम छिनमै पानी
मौसम नै छ थरथरी,
मानिसलाई नै दङ्ङ पार्दै
लाग्यो अब झरी ।

पानीसँगै आकाशबाट
असिना पर्छ घरीघरी,
रोपाइँ गर किसान भन्दै
लाग्यो अब झरी ।

-मनीषा पौडेल, कक्षा–८
नवोदित विद्याकुञ्ज, समाखुसी, काठमाडौँ

प्रकाशित : असार १७, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?