२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

मानिस

कविता

काठमाडौँ — मानिस हो यो धर्तीको वरदान,जसले गर्छ सबै कुरा पाउन सम्मान ।मानिस हुन् फूलबारीका फूल,जहाँ पनि जान्छन् बनाउँछन् हूल ।।

मानिस

मानिस सज्जन र लोभी हुन्छन्,
कुनै डाक्टर र कुनै धोबी हुन्छन् ।
मानिस जन्मेका यस विश्वमा कल्याण गर्न,
विकासको क्षेत्रमा अरू अगाडि सर्न ।।

मानिस धर्तीको गर्व हुन्छ,
आकाश छुने प्रयास गर्छ ।
मानिस हो विश्वको बल
सबै समस्याको निकाल्छ हल ।।

-रिकेश यादव, कक्षा–८
नागर्जुन एकेडेमी, काठमाडौं

प्रकाशित : असार २४, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?