बढे खोलानाला

काठमाडौँ — वर्षायाम लागेपछि,ठूलो पानी पर्‍यो ।मूल फुटी पहाडबाट,सुन्दर झरना झर्‍यो ।

बढे खोलानाला

वर्षाको भलजति सबै,
आएपछि एकै ठाउँमा ।
खोलानाला बढ्न थाल्छन्,
सहर अनि गाउँमा ।

खोल्सा, खोला, खहरे सब,
फाँटमा जम्मा भई ।
ठूलो नदी भई मिल्छन्,
विशाल समुद्रमा गई ।

देशैभरि ठूला वर्षा,
भइदियो यस पाला ।
वर्षा मास लागेसँगै,
बढे खोलानाला ।

-निरज बस्नेत, कक्षा–५
भूपू सैनिक कम्युनिटी एकेडेमी, स्याङ्जा

प्रकाशित : असार २४, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?