कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वर्षायाम

कविता

काठमाडौँ — असार साउन आयो अबवर्षायाम लाग्यो, जताततै हिलै हिलोहिँड्न गाह्रो भयो ।

वर्षायाम

असार साउन आयो अब
वर्षायाम लाग्यो,
जताततै हिलै हिलो
हिँड्न गाह्रो भयो ।

यति बेला किसान दाइलाई
धान रोप्ने चटारो,
यही बेला दहीचिउरा
खान पाइने रमाइलो ।

बसाइ त छ मेरो
काठमाडांै सहरमा,
फोहोर, मैलो, हिलो
प्रदूषणको नगरमा ।

विद्यालय जाँदा पनि
लाग्छ हिलो पोसाकमा,
मनमा डर लागिरहन्छ
लडिन्छ कि भनी खाल्डोमा ।

कहिलेसम्म यस्तो होला
काठमाडांै सहर,
सफा बाटो, सफा सहर
देख्ने हाम्रो रहर ।

अनुष्का उपाध्याय, कक्षा–४
काठमाडौ प्रज्ञाकुञ्ज स्कुल, काठमाडौं

प्रकाशित : असार ३१, २०७५ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?