कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिउरी लाइदिन् आमाले

कविता

काठमाडौँ — उरुङ बनाई पातकोमयार्‍कमुरुक मिचेरआँख्ला डाँठ निकालीसिलौटामा थिचेर हत्केलामा फिँजाई सुत्ने बेला रातमातिउरी लाइदिन् आमालेदाहिने हातमा

तिउरी लाइदिन् आमाले

रातो पार्न मेरो हात
बज्यैसित सोधेर
तिउरीसँगै पिनिछन्
मकरकाँची खोजेर
मुड्की पार्दै घुसार्दै
कर्कलाको पातमा
तिउरी लाइदिन् आमाले
देब्रे हातमा

झुम्रो कस्दा मुठीमा
पूरै औंला छेकियो
हेर्दाहेर्दै आफ्नै हात
भकुन्डोझैं देखियो
नमिल्ने भो कोट्याउन
सिन्का हाली दाँतमा
तिउरी लाइदिन् आमाले
दुइटै हातमा ।

प्रकाशित : असार ३१, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?