खेलले खुसी

राजाराम पौडेल

काठमाडौँ — गएको साता पोखरामा विद्यालयस्तरीय एन्फा कप २०७५ प्रतियोगिता भयो । प्रतियोगितामा छात्रतर्फको उपाधि सैनिक आवासीय महाविद्यालय र छात्रातर्फ चिल्ड्ेरन एकेडेमीले जितेका छन् । जिल्लास्तरीय प्रतियोगितामा छात्रतर्फको फाइनलमा सैनिकले अम्मरसिंह माविलाई ५–४ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधि जितेर सैनिकले गत वर्षको बदलासमेत लियो । गतवर्ष सैनिकले अम्मरसिंहसँग फाइनलमा पराजित हुँदै उपविजेतामा चित्त बुझाउनुपरेको थियो ।

निर्धारित समयमा गोल हुन नसकेकाले प्रतिस्पर्धा टाइब्रेकरमा धकेलिएको थियो । छात्रतर्फ प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका सैनिकका गोलरक्षक चलित श्रेष्ठले पेनाल्टीमा दुई उत्कृष्ट बचाउ गर्दै टिमलाई उपाधि दिलाउन मुख्य योगदान दिए । उपाधिसँगै सैनिकले नगद १५ हजार र उपविजेता अम्मरसिंहले १० हजार रुपैयाँ नगद हात पारे ।

छात्रातर्फको फाइनलमा चिल्ड्रेन एकेडेमीले ताराकुञ्जलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि आफ्नो पक्षमा पार्न सफल बन्यो । निर्धारित समयमा गोल हुन नसक्दा यो खेल पनि टाइब्रेकरमै पुगेको थियो ।

टाइब्रेकरमा चिल्ड्ेरनका लागि खुसी थापा, अर्पिता गुरुङ र कल्पना नेपालीले एक–एक गोल गरे । ताराकुञ्जका लागि एक मात्र गोल सरिता गुरुङले गरिन् । प्रतियोगितामा उपाधि जितेको चिल्ड्ेरन एकेडेमीले नगद १० हजार र उपविजेता बनेको ताराकुञ्जले ७ हजार रुपैयाँ नगद प्राप्त गरे ।

छात्रातर्फको प्रतियोगितामा चिल्ड्ेरनकी अर्पिता उत्कृष्ट खेलाडी घोषित भइन् । छात्रातर्फ सर्वाधिक गोलकर्ता अम्मरसिंहकी सन्दिका गुरुङ र छात्रतर्फ टप्सका राज गुरुङ रहे । दुवैले प्रतियोगिता अवधिभर ७–७ गोल गरेका थिए । प्रतियोगितामा छात्र तर्फ टप्स र छात्रा तर्फ विन्ध्यवासिनि माविले फेयर प्लेको पुरस्कार पाए । प्रतियोगितामा छात्रतर्फ ३७ र छात्रातर्फ १३ टिम सहभागी थिए ।

Yamaha

Esewa Pasal

प्रकाशित : श्रावण ६, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आँपको बोट

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘चोरी गर्नु साँच्चै नराम्रो काम हो । चोरी गर्नेले आफ्नो जीवनमा एकचोटि अवश्य सजाय पाउँछ । सानो चिज भनेर चोर्दै जाँदा ठूलो चिज चोर्ने बानी लाग्न सक्छ । त्यसैले कहिल्यै पनि चोरी गर्नु हँुदैन । बरु राम्रो कर्म गरेर त्यसलाई हासिल गर्ने प्रयास गर्नुपर्छ ।’

पश्चिमी नेपालको कुनै पहाडी क्षेत्रमा चटिक्क परेको एउटा गाउँ थियो । त्यो गाउँका घरहरू सेतो कमेरोले पोतिएका थिए । जब सूर्यको पहिलो किरण गाउँमा पथ्र्यो, झलमल्ल गाउँ झनै सेतो हिउँजस्तै टल्किन्थ्यो । एउटै घरको गोठमा गाईवस्तु राखिन्थे । माथि मान्छे सुत्ने गर्थे । त्यो गाउँमा रेखा र माया नाम गरेका दुई जना घनिष्ट साथी थिए । उनीहरू धेरैजसो सँगै हुन्थे । एउटै स्कुल पढ्थे । स्कुल पनि सँगै जान्थे ।

रेखा र मायाको घरभन्दा केही तल ईशाको घर थियो । उनीहरू ईशासँग खासै मिल्दैनथे । ईशाका घरमा दुइटा आँपका रूख थिए । एउटा रूख घरअगाडि थियो भने अर्को घरपछाडि । जब असारमा आँप पाक्थे, रेखा र माया सुनौलो रंगको पाकेको आँप देखेर थुक निल्दै बस्थे ।

असारको महिना थियो । ईशाको घरमा रोपाइँ थियो । ईशालाई घरको रेखदेख गर्न छोडेर सबैजना बिहानैदेखि रोपाइँ गर्न गएका थिए । यही मौका छोपेर रेखा र मायाले आँप चोरेर खाने योजना बनाए । उनीहरू ईशा कता जान्छे के गर्छे भनेर हेर्दै बस्न थाले । ईशा भने चुलो पोत्ने, घरवरिपरि बढार्ने, अलि परको कुवाबाट पानी ओसार्नेलगायत कामहरू गर्न व्यस्त थिइन् ।

ईशा कुवामा पानी लिन गएको मौका छोपी रेखा र माया योजनाअनुसार आँप चोर्न तम्सिए । रेखा आँप टिप्न रूखमा चढिन् भने मायाचाहिँ ईशा आइपुग्ली कि भनेर बाटो हेर्न बसिन् । रूखमा यति धेरै आँप पाकेका थिए कि तिनको मीठो बास्ना र स्वादले रेखालाई औधि लठठ्यायो । उनी रूखमै आँप टिप्दै खाँदै गर्न थालिन् ।जब मायाले रेखालाई ईशा घरमा पुग्नै आँटेको संकेत गरिन् तब मात्र रेखाले मायाका लागि आँप टिप्न थालिन् । त्यत्तिकैमा रेखाले रूखबाटै ईशा घरअगाडि आइपुगेको देखिन् । त्यसपछि उनी हडबडाइन् । हतारहतार ओर्लिन थालेकी के थिइन्, उनको खट्टा चिप्लियो । रेखा अकस्मात् भुइँमा पछारिइन् । भुइँमा ढुंगा भएकाले उनको हातमा नराम्ररी चोट लाग्यो । उनी रुन लागिन् । त्यतिखेरै ईशाको हजुरबुवा पनि थाकेर खेतबाट आइपुग्नुभयो ।

जब ईशाले यो सबै देखिन्, उनी औधि रिसाइन् । उनले भनिन्, ‘चोरी गर्नेलाई त यस्तै हुनुपर्छ ।’ यो सुनेर रेखा झन् ठूलो ठूलो स्वरमा रुन थालिन् । यो सबै हेरेर बस्नुभएका हजुरबुबाले भन्नुभयो,

साथै हजुरबुवाले भन्नुभयो, ‘जसरी तिमीहरूले आफ्नो घरमा पाकेको आरू मलाई ल्याइदिन्छौ छिमेकी भएर मैले पनि आँप बाँडेर खानुपथ्र्यो । मैले पनि गल्ती गरेछु ।’ यति भनेर उहाँले रेखा, माया र ईशालाई धेरै आँप दिनुभयो । त्यसपछि सधंै असारमा आँप पाकेका बेला बाँडेर मात्र खान थाल्नुभयो । यो देखेर रेखा, माया र ईशा खुसी भए साथै असल साथी पनि भए ।

प्रकाशित : असार ३१, २०७५ ११:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT