कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

खेलले खुसी

राजाराम पौडेल

काठमाडौँ — गएको साता पोखरामा विद्यालयस्तरीय एन्फा कप २०७५ प्रतियोगिता भयो । प्रतियोगितामा छात्रतर्फको उपाधि सैनिक आवासीय महाविद्यालय र छात्रातर्फ चिल्ड्ेरन एकेडेमीले जितेका छन् । जिल्लास्तरीय प्रतियोगितामा छात्रतर्फको फाइनलमा सैनिकले अम्मरसिंह माविलाई ५–४ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

खेलले खुसी

उपाधि जितेर सैनिकले गत वर्षको बदलासमेत लियो । गतवर्ष सैनिकले अम्मरसिंहसँग फाइनलमा पराजित हुँदै उपविजेतामा चित्त बुझाउनुपरेको थियो ।

निर्धारित समयमा गोल हुन नसकेकाले प्रतिस्पर्धा टाइब्रेकरमा धकेलिएको थियो । छात्रतर्फ प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका सैनिकका गोलरक्षक चलित श्रेष्ठले पेनाल्टीमा दुई उत्कृष्ट बचाउ गर्दै टिमलाई उपाधि दिलाउन मुख्य योगदान दिए । उपाधिसँगै सैनिकले नगद १५ हजार र उपविजेता अम्मरसिंहले १० हजार रुपैयाँ नगद हात पारे ।

छात्रातर्फको फाइनलमा चिल्ड्रेन एकेडेमीले ताराकुञ्जलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि आफ्नो पक्षमा पार्न सफल बन्यो । निर्धारित समयमा गोल हुन नसक्दा यो खेल पनि टाइब्रेकरमै पुगेको थियो ।

टाइब्रेकरमा चिल्ड्ेरनका लागि खुसी थापा, अर्पिता गुरुङ र कल्पना नेपालीले एक–एक गोल गरे । ताराकुञ्जका लागि एक मात्र गोल सरिता गुरुङले गरिन् । प्रतियोगितामा उपाधि जितेको चिल्ड्ेरन एकेडेमीले नगद १० हजार र उपविजेता बनेको ताराकुञ्जले ७ हजार रुपैयाँ नगद प्राप्त गरे ।

छात्रातर्फको प्रतियोगितामा चिल्ड्ेरनकी अर्पिता उत्कृष्ट खेलाडी घोषित भइन् । छात्रातर्फ सर्वाधिक गोलकर्ता अम्मरसिंहकी सन्दिका गुरुङ र छात्रतर्फ टप्सका राज गुरुङ रहे । दुवैले प्रतियोगिता अवधिभर ७–७ गोल गरेका थिए । प्रतियोगितामा छात्र तर्फ टप्स र छात्रा तर्फ विन्ध्यवासिनि माविले फेयर प्लेको पुरस्कार पाए । प्रतियोगितामा छात्रतर्फ ३७ र छात्रातर्फ १३ टिम सहभागी थिए ।

प्रकाशित : श्रावण ६, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?