२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

हराभरा

कविता

काठमाडौँ — धानकोदोले भरिइसकेखेतबारीका गरा,हेर्दाहेर्दै प्रकृति नैभयो निकै हराभरा ।
वनपाखा हराभराखरबारीमा हरियो घाँस,हरियालीको उत्कर्ष हो साउन–भदौ मास ।

हराभरा

रूखका हाँगा–डालीभित्र
रमाउँछन् सबै चरा,
वर्षायामको अमृत जलले
जताततै हराभरा ।

आकाशबाट पानी पर्दा
सिञ्चित भए रूखका जरा,
वर्षायामको संकेत गर्दै
प्रकृति भो हराभरा ।

-शान्ता ज्ञवाली, कक्षा–५
अमरसिंह मावि, रामघाट, पोखरा

प्रकाशित : श्रावण ६, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?