अघि बढ्छु

कविता

काठमाडौँ — विद्यालय जान्छु म, राम्रो लेख्न जानेको छैन ।बाआमाले भनेको कुरा राम्रोसँग मानेको छैन ।

अघि बढ्छु

राम्रो पढ्न संस्कार सिक्न विद्यालय झरेको छु ।
बाआमाको कुरा नमानेर मैले गल्ती गरेको छु ।

राम्रो लुगा लगाउँदिनँ गृहकार्य भ्याउँदिनँ म ।
कहिले पनि समयमा विद्यालय आउँदिनँ म ।

धेरै चकचक गरेर कक्षामा समय काटेको छु ।
पढिसकँे भनेर गुरुहरूलाई ढाँटेको छु ।

आजैदेखि बाआमालाई सधैं काम सगाउँछु ।
राम्रो पढ्छु राम्रो लेख्छु किताबमै मन लगाउँछु ।

गुरुलाई नमन गर्छु सधंै किताब पढ्ने गर्छु ।
गुरुबाआमाको आशिर्वादले पढ्छु अनि अघि बढ्छु ।

-कृतिका दाहाल, कक्षा–६
प्रेरणा विद्याश्रम, हरिसिद्धि, ललितपुर

प्रकाशित : श्रावण ६, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?