राम्रा कुरा गुन

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — कहाँ गयौ खैखैयतातिर आऊ आफ्नो काम सकेरफेरि उता जाऊ ।

दायाँ–बायाँ हेरेर
काम गर्ने गर
काम गर्दा अरूमा
नपर है भर ।
सफा–सुग्घर भएर
ज्ञानी भई बस
साँझ परेपछि
कोठाभित्र पस ।
केही बेर पढेर
राम्रा कुरा गुन
बाआमाले भनेको
ध्यान दिएर सुन ।

-प्रसन्न सिग्देल, कक्षा–७
द सेलिब्रेसन को–एड मावि, काठमाडौं

प्रकाशित : श्रावण १३, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्

आंैलाको गीत

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — ल्याप्चे लाउने ठुल्दाजैरैछौ डल्ले डल्लेबूढी औंला भनेरनाम राख्यो कल्ले ?

भाइसँग टाँस्सियौ
दाजुलाई छोड्यौ
नामै चोरी औंला रे
भन के–के चो‍र्‍यौ ?

थाहा पाएँ यो कुरा
बल्ल मैले आज
माझी औंला भएरै
बस्यौ सबको माझ।

डाहा गर्दै दुनियाँ
आँखा तरी हेर्छन्
साहिँली औंला धनी छन्
सुनको औंठी बेर्छन्।

बजार गई नाना र
मीठो पापा किन्छु
बाको कान्छी औंला यो
समातेर हिँड्छु ।

प्रकाशित : श्रावण १३, २०७५ १०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्