कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पाकाको सेवा

राजाराम पौडेल

काठमाडौँ — पोखराको माछापुच्छ्रे टोलमा रहेको पोखरा लर्नस एकेडेमीमा कक्षा १० मा पढ्ने ३० विद्यार्थीले गत सोमबार वृद्धवृद्धाको सेवामा जुट्ने निर्णय गरे ।

पाकाको सेवा

त्यसका लागि उनीहरूले आफ्नो जन्मदिनमा हुने खर्च कटौती गरी रकम जम्मा गरेका थिए । जब उनीहरू वृद्धाश्रम पुगे । ससाना विद्यार्थी आफूहरूलाई सेवा गर्न आएको देख्दा त्यहाँ रहेका असहाय र परिवारविहीन वृद्धवृद्धा खुसी भए । उनीहरूका आँखामा खुसीका आँसु छचल्किरहेको थियो ।

ती विद्यार्थी त्यहाँ विभिन्न काममा खटिए । वृद्धवृद्घाको कपडा धोइदिए । उनीहरूलाई नुवाइदिए । बस्ने कोठा र वृद्धाश्रम कम्पाउन्डवरिपरि सरसफाइ गरेर चिरिच्याट्ट पारिदिए ।

अनि जुटे, वृद्धवृद्धालाई खानेकुरा खुवाउने तयारीमा । कोही तरकारी काट्न त कोही खानेकुरा पकाउन लागे । अनि आफंै खटिएर वृद्धवृद्धालाई खानेकुरा खुवाए । विद्यार्थीले वृद्घाश्रम परिसरमा फलफूल तथा विभिन्न प्रजातिका बिरुवासमेत रोपे । विद्यार्थीमा सामाजिक सेवा, सहयोग र सद्भावको भावना बढाउन यसो गरिएको विद्यालयका संस्थापक प्राचार्य विधान गौतमले बताए ।

प्रकाशित : श्रावण १३, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?